
केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौं आइपुगेको छ रेल विभागका महानिर्देशक रोहित बिसुरालले जनाएका छन् ।
प्रचण्ड प्रधानमन्त्री भएकाे एकदिन पछि
चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ६ जना रेल निर्माण सम्बन्धि प्राविधिक टोली नेपाल आएकाे हाे ।
गत बर्षकाे चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण ताका नेपाल र चाईनाका उच्च अधिकारीबीच संभाव्यता अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । लमार्गको पूर्वसम्भाव्यता अध्ययन ०७५ मंसिरमै भएको थियो ।
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रममणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको थियो ।
प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाडलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीन सरकारले नै गर्ने जनाइएको छ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ अनुमान छ ।
याे प्रकृया प्रचण्ड प्रधानमन्त्री भएकै समयमा अघि बढ्ने विश्वास लिईएकाे छ । संभावता टाेलीकाे अध्ययन प्रतिवदनपछि अन्य आवश्यक प्रकृया अघि बढाईने निर्देशक बिसुरालकाे भनाई छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
