
बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न भएकाे छ । न्युयोर्कको वुड्साईड स्थित काठमाडौं फ्युसन रेस्टुरेन्टको सभाहल सम्पन्न अधिवेशनले जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेकाे छ ।
समाजकाे बरिष्ठ उपाध्यक्षमा बिमल हमाल ,उपाध्यक्षमा सुजन बस्याल ,महिला उपाध्यक्षमा माया देबी पुन मगर र
महासचिबमा जीवनदास सुनार निर्विरोध चयन गरिएको छ ।
समाजकाे सचिव व्दयमा नवराज सापकोटा,अशोक खड्का
कोषाध्यक्षमा बिशाल निउरे,सह कोषाध्यक्षमा प्रभा रिजाल सापकोटा ,युथ् कोर्डिनेटरमा प्रेम भट्टराईलाई चयन गरिएको छ । सदस्यमा हरी आचार्य, गगन थापा ,कृष्ण बोहोरा रहेका छन् ।
न्युयोर्कबासी बाग्लुङगेहरुको बाक्लो उपस्थिति रहेकाे अधिवेशनमा बागलुङ सेवा समाज अमेरिका महाधिबेशन समायोजन समिति अध्यक्ष गौरिश्वर शर्माले प्रवासमा पनि बागलुङ सेवा समाजले जिल्लावासीका लागि निरन्तर काम गरिरहेकाे बताउदै निर्वाचित नयाँ कार्यसमितिले ऐतिहासिक काम गर्ने शुभकामना दिए ।
बागलुङ सेवा समाज केन्द्रिय अध्यक्ष सकस जिसीकाे अध्यक्षता, संस्थाका निबर्तमान सचिब दिपु श्रीष मगरकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियाे ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
