
अहिलेका निकै चर्चित र व्यस्त गायक शिव परियार र खेम सेन्चुरी दक्षिण काेरियामा सांगीतिक प्रस्तुतिका लागि आउने भएका छन् ।
काेरियन नयाँबर्ष सलनालकाे अवसरमा नेपाल मगर संघ कोरिया किम्हे बुसान शाखाको आयोजनामा आयाेजित झोर्ले साङितिक सौगातका लागि दक्षिण काेरिया आउने पक्का भएकाे आयाेजकले बताएको छ ।
जनवरी २८ मा किम्हे शहरमा हुने सांगीतिक कार्यक्रममा शिव परियार,खेम सेन्चुरी,विमला घर्ति मगर,देवी गर्वुजा,सुन्दर घलान लगायत आधा दर्जन कलाकारकाे विशेष प्रस्तुति रहने आयाेजकले जनाएको छ । किम्हे शहरमा आयाेजना हुने कार्यक्रम उपस्थित हुन समेत मगरसंघले निमन्त्रणा दिएको छ ।
देशमा केहि गर्ने प्रयास गरेका वैज्ञानिक डा: महाविर पुनकाे राष्ट्रिय आविस्कार केन्द्रकाे सहयाेगार्थ कार्यक्रम आयाेजना गर्न लागिएको टेक पुनले जानकारी दिए । काेरिया रहेका नेपालीसंग रम्न आफूहरु उत्साहित रहेकाे र सबैलाई उपस्थित हुन गायकव्दयकाे निम्ताे रहेकाे छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
