
सिगाना माध्यमिक विद्यालय लामिचाैरको ७१औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका बीच विहिवार सम्पन्न भएको छ ।
र बार्षिकाेत्सव समाराेहकाे उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उप-प्रमुख राजु खड्काले विद्यालयले हिजाे देखि आजसम्म गरेकाे याेगदान र मारेकाे फड्काे उदाहरणीय रहेको बताए । नगरकाे प्रथम बालमैत्री विद्यालयकाे रुपमा ईतिहास बनाउन सफल भएकाे उपप्रमुख खड्काले खुसी व्यक्त गरे । भाैतिक विकाससंगै गुणस्तरमा समेत विद्यालय उत्कृष्ट बन्दै गएकाे जनाए ।
कार्यक्रममा नगर शिक्षा प्रमुख धन प्रसाद पोख्रेल, वडा अध्यक्ष छम बहादुर कार्की,वडा सदस्यव्दय वेद ब ओली ,मन वहादुर नेपाली,ज्योति नेपाली,पूर्व वडा अध्यक्ष जीत वहादुर जी सी, अनन्त खड्का, चन्द्रमर्नी गौतम , पूर्व वि व्य स् अध्यक्ष कृष्ण बहादुर कार्की ,यज्ञराज गौतम, सिगाना मा वि तित्याङका प्रधानध्यापक भुपेन्द्र खड्का, विद्यार्थी मिलन परियार र दिपिशा थापाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अभिनन्दन बा न पा ८निबासी सूबेदार रत्न वहादुर कार्की ज्युलाई गरिएको थियो। युक्त अवसरमा गंगा बहादुर कार्की , राष्ट्रिय क्रिकेट टिम का सदश्य क्रिकेटर करण कार्की , सागरमाथा मापन टोलीका सदस्य रविन कार्की , ५४०० मी उचाइ कालापत्थरमा videographar एबम् cinematographer गर्ने सौगात कार्की वर्ष उत्कृष्ट शिक्षक देवी गौतम, विरेन्द्र के सी विद्यार्थीमा दिपिशा थापा र पूर्व प्र अ चन्द्र मल्ल लाई सम्मान गरिएकाे थियाे।
विद्यालयका प्र अ लोक वहादुर खड्काले बिद्यालयको प्रगति प्रतिवेदन पेश गरेका थिए ।
विद्यालयका अध्यक्ष एबम नेपाल सामुदायिक विद्यालय व्यवस्थापन महासंघका गण्डकी प्रदेशका अध्यक्ष एबम् केन्द्रिय उपाध्यक्ष टीकाराम थापाले बार्षिकाेत्सवमा उपस्थित अतिथि र सम्मानितलाई आभार तथा बधाई दिएका थिए । विद्यालय २०१० मा स्थापना भएको थियाे ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
