
१९ जनवरी २०२५, लिजवन । रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन (एनपीपपीएफ) राष्ट्रिय समिति आइतबार गठन भएको छ । टेकराज क्षेत्री अध्यक्षको अध्यक्षतामा ३१ सदस्यिय कार्यसमिति निर्माण भएको हो ।
जनप्रगतिशील मन्च गठन (एनपीपपीएफ) युरोपको पहलमा पहिलो पटक समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा नेत्र बहादुर बसेल, उपाध्यक्ष द्वयमा भरत सिन्जाली र नारायण रोकाया क्षेत्री, महासचिवमा रामचन्द्र पोखरेल, सचिवद्वयमा दिपेन्द्र उपाध्याय र रामबहादुर पुन तथा कोषाध्यक्षमा धुर्व ज्ञवाली चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा कमल तिलिजा पुन्, लक्ष्मण गुरुङ, राम बहादुर घिसिङ, रुबिना दर्नाल, पुष्प बस्नेत, रिजन शेर्पा, राजन काप्री, चन्द्र अधिकारि, यम गुरुङ, रेशम बराइ मगर, नबिन मोक्तान, गोबिन्द, दुर्गा भण्डारि र खड्ग बि क रहेका छन् ।

एनपीपपीएफ युरोपका इन्चार्ज रणबहादुर खाती क्षेत्रिको प्रमुख आथित्यतामा जुम प्रविधी मार्फत कार्यक्रम भएको थियो । कार्यक्रमको सन्चालन रोमानियाका कमल तिलिजा पुनले गरेका थिए ।
एनपीपपीएफ युरोपका अध्यक्ष चित्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख गंगा भुषाल, महासचिव धर्मराज खतिवडा र एनपीपपीएफ बेलायतका महासचिव कृष्ण खनालको उपस्थिति थियो ।
नव निर्वाचित पहिलो कार्यसमितिलाई अतिथीहरुले सफलताको शुभकामना व्यक्त गरे । समिति गठन गर्न विशेष भुमिका निभाउने एनपीपपीएफ युरोपका इन्चार्ज र रोमानियाका कमल तिलिजा पुनलाई एनपीपपीएफ युरोपका महासचिव धर्मराज खतिवडाले धन्यवाद र आभार व्यक्त गरे ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
