
दक्षिण झल्ला प्रान्तको मुआनस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा कम्तीमा ८५ जनाको मृत्यु भएको छ । मृत्यु संख्या अङैबढ्न सक्ने अनुमान गरिएको छ ।
दिउँसो १ः३० बजे थाइल्यान्डबाट उडेको जेजु एयरको विमानमा १७३ कोरियाली र दुई थाई यात्रु सहित छ जना चालक दलका सदस्य सवार थिए र। विमानस्थलमा बिहान ८:३० बजे अवतरण गर्ने कार्यक्रम रहेको अग्नि नियन्त्रण विभागका अधिकारीहरूले बताएका छन्
विमानले सुरुमा अवतरण गर्ने प्रयास गरेको थियो तर असफल भएको थियो । त्यसपछि विमान केहि पटक एयरपोर्टको वरिपरि घुमेकाे थियाे । फ्यूजलेजसँग फेरि अवतरण गर्ने प्रयास गरेपनि धावनमार्गबाट बाहिर गएकाे थियाे । विमान रनवेको अन्त्यमा एउटा संरचनासँग ठोक्किएकाे थियाे । जसले गर्दा बिहान ९:०३ बजे आगो लागेकाे थियाे ।
प्रारम्भिक दुर्घटना भएको ४३ मिनेटपछि आगो निभाइएको थियो ।दुर्घटनाको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। विमानको ल्यान्डिङ गियरमा खराबी भएको आशंका भए पनि केही प्रत्यक्षदर्शीहरूले विमान चराहरूसँग ठोक्किएको देखेको पनि बताए।
आपतकालीन उद्धारकर्ताहरूले दुई जनालाई उद्धार गरेका छन्।कार्यवाहक राष्ट्रपति तथा उपप्रधानमन्त्री चोई साङ-मोकले सम्बन्धित अधिकारीहरूलाई मानिसहरूको उद्धारका लागि सबै कर्मचारी र उपकरण परिचालन गर्न निर्देशन दिएका छन्। उनी दुर्घटनास्थलमा पुगेका छन् ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
