
राष्ट्रपति युन सुक येओलले गत हप्ता मार्शल लको अल्पकालीन घोषणा गरेकाे र उक्त कार्यमा सघाएका पूर्व रक्षामन्त्री किम योङ-ह्युनलाई देशद्राेहका् आराेपमा आइतबार पक्राउ गरेको छ ।
राजनीतिक उथलपुथलको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान मुख्यालयले किमलाई पक्राउ गरी मोबाइल फोन समेत जफत गरेको काेरियाली सञ्चार माध्यमले जनाएका छन् ।
पूर्व रक्षामन्त्री किमलाई राजधानी सउलकाे एक हिरासत केन्द्रमा पठाइएको छ। विशेष अनुसन्धान मुख्यालयले दिउँसो १ः३० बजे सोधपुछका लागि सक्रिय रुपमा सहयोग गर्ने बताएकाे ६ घण्टापछि उनको पक्राउ गरिएको हो ।
किमले राष्ट्रपति युन सुक येओललाई मार्शल ल लागू गर्न सुझाव दिएका थिए । विपक्षी नियन्त्रित राष्ट्रिय सभासँग तीव्र राजनीतिक गतिरोधको बीचमा मंगलबार राती ढिलो उक्त ल घोषणा गरेका थिए । सभाले उक्त ल अन्त्य गर्ने निर्णय गरेको ६ घण्टापछि राष्ट्रपतिले आफैले गरेकाे आदेश उल्टाएका थिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
