
मुख्य विपक्षी डेमोक्रेटिक पार्टी अफ कोरिया (डिपिके) व्यापक रूपमा संविधानको उल्लङ्घन मानिएको मार्सल `ल ´को अल्पकालीन घोषणापछि राष्ट्रपति युन सुक योललाई महाभियोग लगाउन दबाब बढेको छ । राष्ट्रपति युनकाे महाअभियाेगकाे प्रस्ताव शनिबार (आज) राष्ट्रिय सभाले गर्ने मतदानकाे परिणामले तय गर्ने छ । महाअभियाेग बारे शनिवार मतदान गर्ने तयारी गरिएकाे छ ।
काेरियाली जनताको चर्काे आक्रोश र युनलाई हटाउनका लागि उनीहरूको आह्वान संगै विपक्ष दलकाे विराेधका बीच सत्ताधारी पिपुल पावर पार्टी (पिपिपी) आधिकारिक रूपमा यसको विरुद्धमा भएका पनि राष्ट्रपति युनकाे महाअभियोग प्रस्ताव पारित हुन्छ कि हुँदैन भन्ने चाहिँ स्पष्ट छैन।
मुख्य विपक्षी दल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) ले शनिबार हुन लागेकाे मतदानमा पूर्ण संसदहरु सहभागी गराउन दबाब दिएको छ ।
महाअभियाेग विधेयक पेस भएको २४ देखि ७२ घण्टामा मतदान गर्नुपर्ने भएकाेले शनिवार मतदान समय तय भएको हाे ।
प्रमुख विपक्षी (डिपिके)का वरिष्ठ प्रवक्ता जो सेउङ-ले ले सर्वोच्च परिषद्को बैठकपछि पत्रकारहरूसंग कुरा गर्दै <span;> युनको असंवैधानिक कू -प्रयास वा राजद्रोहको अभियोग बारे घाेत्लिन सत्ताधारी पार्टीलाई पर्याप्त समय दिन चाहेकाे बताए । आफ्नो विवेकअनुसार काम गर्ने समय हाे राजनीतिक स्वार्थका आधारमा होइन उनले भनेका छन् ।
महाअभियोग प्रस्तावलाई कम्तिमा दुई तिहाइ विधानसभाका सदस्यहरूको स्वीकृति गर्नुपर्छ । जसको अर्थ कुल ३00 साैसद मध्ये कम्तिमा २00 मत चाहिन्छ। यी मध्ये १९२ जना सदस्यहरू सत्तारूढ पिपिपीका भएकाले, कम्तिमा आठ पिपिपी सदस्यहरूले प्रस्ताव पारित गर्न विधेयकलाई समर्थन गर्नुपर्नेछ।
यदि त्यसो भयो भने, युन तुरुन्तै निलम्बित हुनेछन् र प्रधानमन्त्री हान डक-सूले कार्यवाहक राष्ट्रपतिको भूमिका ग्रहण गर्नेछन्।
१सय ८० दिनसम्म लाग्न सक्ने महाअभियोगमा संवैधानिक अदालतले निर्णय नगरेसम्म युनको शक्तिको प्रयोग निलम्बित हुनेछ। यदि अदालतले महाभियोग कायम राख्यो भने, युनलाई हटाइनेछ र ६० दिनभित्र नयाँ राष्ट्रपति चुनाव हुनेछ ।
मार्सल ल असंवैधानिक भएको स्वीकार गरेपनि पिपिपीले महाअभियोग प्रस्ताव पारित हुनबाट रोक्ने बताएको छ।
सत्ताधारी पार्टीका नेताको रूपमा, अप्रत्याशित अराजकताबाट उत्पन्न हुने जनता र समर्थकहरूलाई (सत्ताधारी समूहका) हुने क्षति रोक्नका लागि महाभियोग प्रस्ताव पारित नहुने सुनिश्चित गर्न म काम गर्नेछु”, पिपिपीका नेता हान डोङ-हुनले बिहीबार सर्वोच्च परिषद्को बैठकमा भने।
म असंवैधानिक मार्सल कानूनको वकालत गर्ने प्रयास गरिरहेको छैन”, उनले भने। “राष्ट्रपति लगायत असंवैधानिक मार्सल कानून घोषणा गरेर अराजकता फैलाउन जिम्मेवारहरूलाई कडाइका साथ जवाफदेही बनाउनु पर्छ”, उनले युनलाई पार्टी छोड्न भने।
तर उनले यो पनि भने, “हामीले आपराधिक आरोपहरूबाट बच्न सत्ता लिन प्रयास गर्ने शक्तिलाई रोक्न आवश्यक छ”, युनको महाअभियोगले डिपिके नेता ली जे-म्युङलाई अर्को राष्ट्रपति बन्ने सम्भावना रहेको सङ्केत गर्दछ। ली हाल धेरै आपराधिक आरोपहरूका लागि मुद्दामा छन्।
डिपिकेले पिपिपीको धारणाको आलोचना गर्दै सत्ताधारी पार्टीका सांसदहरूलाई राष्ट्रपतिलाई हटाउने पक्षमा मतदान गर्न आग्रह गरेको छ।
हानले भनेझैँ, मार्सल ल एउटा असंवैधानिक, अवैध कार्य थियो”, डिपिके फ्लोर लिडर रिप्रेजेन्ट पार्क चान-डेले पार्टीको बैठकमा भने। “महाभियोगको विरोध गर्ने पिपिपीको आधिकारिक दृष्टिकोणको अर्थ तिनीहरू मार्सल `ल ´सँग सहमत छन् वा देशद्रोहमा संलग्न छन्।”
युन समर्थक गुटका सदस्यले युनकाे पक्षमा मतदान गर्ने कि नगर्ने छलफल गरिरहेका छ । सत्ताधारी पार्टीले आफ्ना सदस्यहरूलाई शनिबारको पूर्ण अधिवेशनमा प्रवेश गर्नबाट रोक्न सक्छ। त्यस अवस्था आएमा रिजल्ट के आउँछ यसै भन्न सकिँदैन ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
