सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर देवकुमारको बयान लिन सुरु - Elaka Khabar

सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर देवकुमारको बयान लिन सुरु

सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर देवकुमारको बयान लिन सुरु

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीको बयान लिन सुरु भएको छ । इमेज सहकारी ठगी प्रहरणमा बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई कास्की ल्याएर सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु भएको हो ।

ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज सहकारीका अध्यक्ष नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारी खोलेका थिए ।

इमेज सकारी ठगी प्रकरणमा उनी बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।

इमेज सहकारीबाट दुई जिल्लामा दुई अर्बभन्दा धेरै हिनामिना गरेको आरोप लागेका नेपालीलाई सूर्यदर्शन सहकारी प्रकरणमा पनि जोडिएका छन् । सहकारीको रकम हिनामिना पारी फरार नेपालीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत असोज ११ गते भारतमा पक्राउ गरी ल्याइएको थियो ।

आजै सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशी, अध्यक्ष जीवी राईकाका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाइँलाई पनि अदालतमा उपस्थित गराइएको छ ।

ताजा समाचार