बागलुङको छुर्पी अमेरिका निर्यात, ३८ लाख आम्दानी - Elaka Khabar

बागलुङको छुर्पी अमेरिका निर्यात, ३८ लाख आम्दानी

बागलुङको छुर्पी अमेरिका निर्यात, ३८ लाख आम्दानी

बागलुङ : पछिल्लो समय बागलुङमा उत्पादन भएको छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलन गरिएको दूधबाट बनाइएको परिकार मध्ये छुर्पीको माग उच्च देखिएको हो ।

बागलुङमा उत्पादित छुर्पी काठमाडौ हुँदै सोझै अमेरिका निर्यात हुनेगरेको पाइएको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघ मार्फत दूधको संकलन, प्रशोधन र बजारीकरण भइरहेको छ ।

रु ८ करोडको दूध तथा दूध जन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०,८१ मा मात्रै रु ३८ लाख ५४ हजार ४१० को छुर्पी निर्यात गरेको छ ।

“दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमका अनुसार सहकारीबाट उत्पादन भएको दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवा उत्पादनमध्ये छुर्पीको अन्तराष्ट्रिय बजारमा उच्च माग रहेको छ ।

दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तराष्ट्रिय स्तरको छ” गौतमले भन्नुभयो “काठमाण्डौको सप्लार्यसले हाम्रो सहकारीमा उत्पादन भएको सबै छुर्पी खरिद गरेर अमेरिका पठाउछ, गत आर्थिक वर्षको तथ्थ्याङ्क अनुसार रु ३९ लाखको छुर्पी निर्यात भएको छ ।”

बागलुङ दूग्ध उत्पादक सहकारी संघमा झण्डै एक हजार पाँच सय किसानले धेरथोर दूध बजारीकरणका लागि पठाउँछन् ।

संघले दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार विक्री तथा वितरणसमेत गर्दै आएको छ । बागलुङ जिल्ला दूधमा आत्मनिर्भर जिल्ला बनाउनका लागि ठूलो योगदान पु९याउने गरेको छ ।

सहकारीले गत आवमा रु ७ करोड ८३ लाखको दूध, रु एक करोडको दही, रु २० लाखको घ्यू, रु ३२ लाखको पनिर र ८० हजारको खुवा विक्रि गर्न सफल भएको छ ।

अहिले छुर्पीलाई सहकारी संघले प्रतिकिलो रु एक हजार २०० मा विक्री गर्दै आएको छ । सहकारीमा आवद्ध किसानले सहकारीमा आवद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले दूध उत्पादनमा हौसला मिलेको बताएका छन् ।

सहकारी संघमा १६ कर्मचारीले संकलन भएको दूध बागलुङ बजारका घरघरमै लगेर विक्री गरेर सेवा प्रदान गर्दै आएको सहकारीका लेखापाल गणेश खड्काले बताउनुभयो ।

कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले संकलन गर्ने र सहकारी संघले दुध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ विक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीले जानकारी दिनुभयो ।

उहाँले सहकारी संघले उत्पादन गरेको छुर्पी काठमाडौं सप्लाई गरेर काठमाडौंबाट अमेरिकामा निर्यात हुने गरेको बताउदै पछिल्लो समय छुर्पीको निर्यात उत्साहजनक रूपमा वृद्धि भइरहेको जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षमा सहकारीले रु २९ करोडको छुप्री निर्यात गर्न सफल भएको थियो । विदेशमा कुकुर र विरालोको खानाको रूपमा छुर्पी निर्यात हुनेगरेको छ ।

नेपालबाट निर्यात हुने छुर्पी मध्ये ४० प्रतिशत छुर्पी अमेरिका निर्यात हुने गर्दछ ।

दैनिक एक हजार पाँच सय कृषकले १४ वटा सहकारी मार्फत काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका भित्रका किसानले संकलन गरेको दूध खरिद गरेर संघले बजारीकरण गर्दै आएको छ ।

ताजा समाचार