
बागलुङ : विविध कार्यक्रमसहित १४औँ क्षेत्री दिवस बागलुङमा मनाइएको छ । दिवसका अवसरमा बिहीबार सदरमुकाममा प्रभातफेरि आयोजना गरिएको थियो । दिउँसो मूल समारोहसहित माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष रूद्र महतले जानकारी दिनुभयो ।
प्रतियोगितामा सिगाना माविका छात्रछात्राले प्रथम स्थान प्राप्त गरे । द्वितिय चिल्ड्रेन लाइफ बोर्डिङ, तृतीय विद्यामन्दिर मावि र आदर्श माविले सान्त्वना स्थान हासिल गरेको उहाँले बताउनुभयो ।
विजेता छात्रछात्रालाई क्रमशः रू सात हजार, पाँच हजार, तीन हजार र एक नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । चाडपर्वको शुभकामना आदनप्रदानसहित मनाइको दिवसको मूल समारोहमा जग्गादाता प्रेमबहादुर खड्का, कमलबहादुर खड्का र गोविन्दबहादुर खड्कालाई सम्मान गरिएको थियो । ट्राफिक कार्यालय, बागलुङका प्रमुख सुमन न्यूरेलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
उत्कृष्ट कार्य गरेको भन्दै क्षेत्री समाज बागलुङ नगरपालिका(१ को वडा समितिलाई रू। पाँच हजार नगदसहित सम्मान गरिएको अध्यक्ष महतले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि समाजका संरक्षक एवं संस्थापक अध्यक्ष क्षेत्रीहरूबीचको एकतामा जोड दिनुभयो । उहाँले दिवसले सामाजिक एकता र सद्भावको सन्देश दिने बताउनुभयो ।
इतिहासका कालखण्डमा क्षेत्रीहरूले विजय प्राप्त गरेको दिनको सम्झनामा दिवस मनाउने गरिएको उहाँको भनाइ थियो । समाजको बागलुङ नगर समितिका अध्यक्ष एकबहादुर केसी, बागलुङ(१ को वडा समितिका अध्यक्ष विष्णु खत्रीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समाजका वरिष्ठ उपाध्यक्ष शिवकला खड्काको स्वागत मन्तव्य, सचिव कविराज जिसीको सञ्चालन र अध्यक्ष महतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
