नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कष्टडीमा बन्द गर्न खोज्नु भयो :नागरिक अभियान्ता के सी - Elaka Khabar

नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कष्टडीमा बन्द गर्न खोज्नु भयो :नागरिक अभियान्ता के सी

नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कष्टडीमा बन्द गर्न खोज्नु भयो :नागरिक अभियान्ता के सी

बागलुङ : नागरिक अभियान्ता एक बहादुर के सी (संगम) ले नागारिकको अभिव्यक्ति स्वतन्त्रलाई कस्टडीमा बन्द गर्न खोजेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

मंगलबार जिल्ला अदालत बागलुङले विद्युतीय अपराध मुद्धामा ३० हजार धरौतीमा छोडे पछि केही समय पश्चात आफ्नो सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

“बागलुङ नगर सरकार तपाईले मलाई होईन नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कस्टडीमा बन्द गर्न खोज्नु भएको हो, न म थुनिए न मेरो स्वतन्त्र थुनियो । नागरिकको स्वतन्त्रता थुन्न गाह्रो हुदो रहेछ । भ्रष्टाचार बिरुद्धको मेरो आवाज नेपालको संविधान २०७२ ले दिएको अधिकार हो । भ्रष्टाचार बिरुद्धको मेरो आवाज मर्दैन अनियमितता आर्थिक दुरुपयोग सार्बजनिक सम्पति माथीको दोहन बिरुद्ध बोल्छु,बोल्छु बोलिरहन्छु अन्तिम सास रहेसम्म बोल्नेछु” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

ताजा समाचार