
बागलुङ,नागारिक अभियान्ता एक बहादुर के सी (संगम) आफै प्रहरी समक्ष पुगेका छन् ।
उनी शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङमा पुगेर प्रहरीलाई पक्राउ गर्न सहयोग गरेका हुन् । के सीले गत भाद्र १८ गते बागलुङ बसपार्क उद्घाटनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलालेख अनावरण गरेको तर बसपार्क नचलेको र १ महिना भित्रमा बसपार्क सञ्चालनमा नआएमा उक्त शिलालेखको कुनै काम नभएको भन्दै तोड्ने भनी भाद्र २० गते एक सञ्चार माध्यममा अन्तवार्ता दिएका र आफ्नो सामाजिक सञ्जलमा समेत लेखेका थिए । सोही विषयलाई लिएर बागलुङ नगरपालिकाले के सी विरुद्ध बसपार्कको सुरक्षाको लागि भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा मुद्धादर्ता गरेको थियो । सोही अनुसार के सीलाई विद्युतीय ऐन अन्र्तगत अदालतले पक्राउ पुजी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी गरेको २ हप्ता पछी उनी आफै प्रहरी सामु पुग्दै संविधानलाई टेकेर सहयोग गर्न र नागारिकको आवाज उठाउदै गर्दा सरकारलेनै दिएको उजुरी आफ्नो मात्रै नभएर आम नागारिकको विरुद्ध भएको प्रतिक्रिया दिनु भएको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
