काेरियाकाे  सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत ५ हजार कामदार आम   हड्तालमा - Elaka Khabar

काेरियाकाे  सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत ५ हजार कामदार आम   हड्तालमा

काेरियाकाे  सामसुङ इलेक्ट्रोनिक्स  कम्पनीमा कार्यरत  ५ हजार कामदार आम   हड्तालमा

सामसुङ ईलेक्ट्राेनिक्स  कम्पनीमा करिव ५  हजार  कामदारले  ज्याला  वृद्दि र  प्राेत्साहन  भत्ताकाे  माग  गर्दै  आम  हड्ताल  सुरु गरेका छन् ।
व्यवस्थापनले ज्याला वृद्धि र उच्च प्रोत्साहनका लागि सहमत नभएसम्म कम्पनीको चिप उत्पादन लाइन अवरुद्ध गर्ने  समेत  उनीहरुले  धम्की दिएको छन् ।
५५ वर्ष  यताकाे  इतिहासमा युनियनकृत कामदारहरूले गरेको   याे पहिलो हड्ताल हो।
नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियन (NSEU) ले ग्याङगी प्रान्तमा रहेको कम्पनीको( ह्वासेओङ) क्याम्पस नजिक आयोजित र्‍यालीमा देशव्यापी रुपमा रहेका सामसुङका प्लान्टका करिब ५  हजार युनियन कामदार सहभागी भएको दाबी गरेको छ । र्‍यालीमा करिब ३ हजार युनियन सदस्य रहेको प्रहरीले अनुमान गरेको छ ।
सुविधा, निर्माण, र विकास डिभिजनका ५  हजार भन्दा बढी सदस्यहरू हडतालमा सामेल छन्।
नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनका नेताहरूले सोमबार, ग्योन्गी प्रान्तमा कम्पनीको ह्वासेओङ क्याम्पस नजिकैको जुलुसमा सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष चुङ ह्युन-होको  फाेटाे सहितकाे ब्यानर च्यातेका थिए ।          व्यवस्थापनले युनियनको माग सम्बोधन नगरेसम्म अनिश्चित अवधिका लागि अर्को हडताल सुरु गर्न सक्ने संघले जनाएको छ ।

ताजा समाचार