
बागलुङ : ग्रेस इन्टरनेशनल बागलुङले आयोजना गरेको क्रिकेटर दिपेन्द्र सिंह ऐरीसँग ‘मिट एण्ड ग्रेट’ कार्यक्रममा बागलुङ आउन लाग्नु भएको हो ।
असार २८ गते क्रिकेटर ऐरीले बागलुङका खेलाडी, विद्यार्थी, संचारकर्मी र युवा संग ‘मिट एण्ड ग्रेट’ गर्ने छन् । साथै उनले उत्कृष्ठ खेलाडीहरुलाई खेल सामाग्री वितरण समेत गर्नेछन् ।
ग्रेस इन्टरनेशलन बागलुङ शाखाले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको छ । क्रिकेटर ऐरी नेपालको चर्चित व्याट्समेन समेत रहेका उनी २७ गते नै बागलुङ आउने छन् ।
उनले खेल क्षेत्रको बर्तमान अवस्था अवसर चुनौति लागएतको विषयमा समेत छलफल हुने छ ।
झन्डै १ दशक पछि विश्वकप खेलेर फर्केको नेपाली क्रिकेट समुहको प्रतिनिधि समेत हुन् उनी । उपाधि जित्न नसकेपनि उनले नेपालको खेल क्षेत्रको विश्लेषण गर्ने भएकोले विशेषगरी क्रिकेट क्षेत्रको बढी चासो रहने छ । क्रिकेट संघ बागलुङ मार्फत उनले खेलाडी र खेल क्षेत्रका विषयमा छलफल राखेको ग्रेस इन्टरनेसनल बागलुङ शाखाका प्रमुख ओमकार पौडेलजे जानकारी दिनु भयो ।
ग्रेस इन्टरनेसनलको ब्रन्ड एम्वेष्टर समेत रहेका क्रिकेटर ऐरी बिभिन्न देशमा पनि प्रचारमा पुग्ने गरेका छन् । ग्रेस इन्टरनेशनलले अमेरिका, अष्ट्रेलिया, क्यानडा न्युजिल्याण्ड र बेलायत लगायतका देशमा अध्ययन गर्ने विद्यार्थीको तयारी गराउने गरेको बागलुङ शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
