प्रभा माध्यमिक विद्यालयले एसईई उत्र्तीण विद्यार्थीलाई सम्मान - Elaka Khabar

प्रभा माध्यमिक विद्यालयले एसईई उत्र्तीण विद्यार्थीलाई सम्मान

प्रभा माध्यमिक विद्यालयले एसईई उत्र्तीण विद्यार्थीलाई सम्मान

बागलुङ : जिल्लाको निसीखोला गाउँपालिका वडा नं ३ झिवाखोलामा रहेको प्रभा माध्यमिक विद्यालयले एसईई परिक्षामा उत्र्तीण भएका विद्यार्थीलाई सम्मान गरेको छ ।

आईतबार एक कार्यक्रमको आयोजना गर्दै विद्यालय बाट सहभागी भएर पश्चिम बागलुङकै सामुदायिक विद्यालय अन्र्तगत उत्कृष्ट नतिजा (जीपिए ३.७८) ल्याउने हिमाल परियार सहित उत्र्तीण छात्र,छात्रा लाई टिका माला लगाएर सम्मान गरिएको छ । विद्यालय बाट परिक्षामा सहभागी ७९ छात्र,छात्रा मध्य ३० जना उत्र्तीण भएका थिए ।

कार्यक्रम निर्वतमान गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाहीको प्रमुख आतिथ्यता,निसीखोला गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद न्याउपाने विशिष्ट आतित्थ्यता रहको थियो । प्रमुख अतिथि शाहिले उर्तीण विद्यार्थीलाइ बधाई दिदै आगामी दिनमा थप सफलताको लागि शुभकामना व्यक्त गर्नु भयो ।

विशिष्ट अतिथि शाखा प्रमुख न्याउपानेले बोल्दै गुणस्तर बृद्धि गर्नको लागि सरोकारवालाहरु योजनाबद्ध रुपमा लाग्नु पर्ने बताउदै पालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो । विद्यालयका प्र्रधानध्यापक नवराज आचार्यले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षता शिक्षक भुमिराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा समाचार