दक्षिण काेरियामा  ब्याट्री बनाउने  कम्पनीमा आगलागी हुंदा २० जनाकाे मृत्यु - Elaka Khabar

दक्षिण काेरियामा  ब्याट्री बनाउने  कम्पनीमा आगलागी हुंदा २० जनाकाे मृत्यु

दक्षिण काेरियामा  ब्याट्री बनाउने  कम्पनीमा आगलागी हुंदा २० जनाकाे मृत्यु

सोमबार सियोलको दक्षिणी भागमा रहेको लिथियम ब्याट्री प्लान्टमा आगाेलागी हुंदा २० जनाको मृत्यु भएकाे छ ।
आगलागीमा  परी मृत्यु भएका २० जनाकाे शव फेला परेकाे अग्नि  नियन्त्रकले बताएका छन् ।    अग्नी नियन्त्रकका  अनुसार , आगलागीमा परि  सुरुमा एक जना  कामदारको मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए ।
आगलागीमा परी  बेपत्ता भएका २३ जनामध्ये २० व शव  फेला परेका थिए   ।
मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ   । आगलागीमा बेपत्ता भएका २३ जनामध्ये २० जना चिनियाँ नागरिकसहित विदेशी  कामदार  रहेको अनुमान गरिएको छ ।
पूर्ण र अंल्पकालिन कामदारको दैनिक   काम गर्ने  बिबरणाकाे  सूची  आगाेमा ध्वस्त भएकाेले एकिन तथ्यांक नआएकाे हाे ।
घटना स्थल  राजधानी सिउलबाट ४५ किलोमिटर टाढा  रहेकाे छ ।   लिथियम ब्याट्री निर्माता एरिसेलको प्लान्टमा बिहान करिब १०ः३० बजे आगलागी सुरु भएको थियो, मुख्य आगो दिउँसो ३ बजेपछि मात्र  नियन्त्रणमा आएको थियाे ।

ताजा समाचार