ब्रम्हाण्डीय महायज्ञमा १२ करोड आम्दानी, ४ करोड खर्च - Elaka Khabar

ब्रम्हाण्डीय महायज्ञमा १२ करोड आम्दानी, ४ करोड खर्च

ब्रम्हाण्डीय महायज्ञमा १२ करोड आम्दानी, ४ करोड खर्च

बागलुङ नगरपालिका – ६ सर्वशिद्धिधाम पञ्चकोटमा गत फागुन महिनामा सम्पन्न अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको आय–व्यय सार्वजनिक गरिएको छ ।

महायज्ञ मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन मार्फत अनन्तश्री विभुषित मुक्तिनाथ पिठाधिश्वर श्री १ हजार ८ स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सत्संकल्पमा गत फागुन ९ गतेदेखि २३ गते सम्म संचालित महायज्ञको आयव्यय सार्वजनिक गरेको हो ।

महायज्ञको कुल आम्दानी १२ करोड, १५ लाख पचपन्न हजार ९ सय ७४ भएको छ भने ४ करोड २२ लाख ५७ हजार ४ सय ९८ रुपयाँ खर्च भएको छ । महायज्ञको कुल खर्च कटाएर ७ करोड, ९२ लाख ९८हजार ४ सय ५० रुपयां वचत भएको महायज्ञ मुल आयोजक समिति सदस्य तथा गण्डकी महासभाका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम सर्वशिद्धिधाम पञ्चकोटको गुरुयोजना अनुरुप निर्माणाधिन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिन र अन्य भौतिक संरचना निर्माणमा खर्च गरिने प्रवत्ता प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

सो अवसरमा सर्वशिद्धिधाम पञ्चकोट विकाश परिषदका अध्यक्ष दामोदर शास्त्रीको अध्यक्षतामा गण्डकी महासभा समेत गरिएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, गण्डकी महासभाका प्रवक्ता सुदर्शन प्रपन्नाचार्य, वडा नम्वर ६ का अध्यक्ष रुद्रबहादुर केसी र बिदुषी गोदा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम सर्वशिद्धिधाम पञ्चकोट विकाश परिषदका अध्यक्ष दामोदर शास्त्रीको अध्यक्षता र सचिव नारायण प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

ताजा समाचार