
बागलुङ : आगामी आर्थिक वर्ष २०८१÷८२ को वजेट निमार्णको लागि बागलुङ नगरपालिकाले सरोकारवाला निकाय बाट सुझाव संकल गरेको छ ।
बुधबार नगरपालिकामा विभिन्न संघसंस्था तथा व्यक्तिसंग बजेटलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन तथा छलफल गरेको हो । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सबै वर्ग तथा समुदायको प्रतिनिधित्व रहेको थियो ।
स्थानियले सुझावको रुपमा नगरपालिकालाई समानन्तर बजेट निमार्ण देखी लिएर आफ्नो आवश्यता अनुसारको बजेट समेत माग गरेका हुन् । छलफलको क्रममा नगरपालिकाले कतिपय सन्दर्भमा बजेटलाई टुक्राउन भन्दा पनि बहुवर्षे योजनाको रुपमा ल्याउदा विकासमा सहजता हुने प्रतिक्रिया दिएका छन् ।

नगरपालिकाले यसरी वजेट निमार्ण गर्नु पुर्व छलफल गर्ने कार्यको प्रशंसा गरेका थिए । नगरपालिकाको आतारिक स्रोतको कमि रहेको सन्दर्भमा आतरिक स्रोतसाधनको बृदि देखी लियर स्थानिय उत्पादनलाई जोड दिनेखालको कार्यक्रमको आवश्यता रहेको बताएका थिए । शिक्षा,स्वास्थ्य तथा रोजगारिमा जोडिन सक्ने बजेटको अपेक्षा समेत गरेका छन् ।
बागलुङ नगरपालिका बागलुङ जिल्लाको अगुवा नगरपालिका भएकाले पनि अन्य स्थानिय तह संग समन्वय गरेर यहाँका आन्तरिक उत्पादन लाई बढवा दिन तथा धार्मिक रुपमा समेत सम्भावना युक्त पालिका रहेको हुदा यसलाई समेत प्राथमिकतामा राखेर बजेट निमाण गर्न सुझाव दिएका थिए । केही संघसंस्थाले भने आफुले समुदायको हितको लागि कार्यक्रम तयार पारेको र यसमा नगरपालिकाको समन्वयमा काम गर्न चाहना रहेको भन्दै सहकार्यको चाहना समेत राखेका छन् । कार्यक्रममा नगरप्रमुख श्रेष्ठले नागरिकका सुझावले सम्बृद नगर निमार्णमा सहयोग पुग्ने बताएका थिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
