
बागलुङ : जिल्लाको निसीखोला गाउँपालिका वडा नं ३ की वोनम्यारो पिडित धनमायाँ सुनारको उपचारको निम्ति आर्थिक सहयोग संकलन हुने क्रम जारी रहेको छ ।
यसैक्रममा निसीखोला गाउँपालिका वडा नं ३ बोहरागाउँका भलिवल खेलाडीबाट आर्थिक सहयोग गरिएको छ । थोरै भय पनि घाउँमा मलम लगाउन सकियोस भनेर ७ हजार रुपैया आर्थिक सहयोग गरेको बोहरागाउँ निवासी अभिसेक चन्दले जानकारी दिएका छन् ।
करिव १ वर्ष अगाडी बाट वोनम्यारो रोग बाट ग्रसित १९ वर्षिय सुनारको आर्थिक अभावको कारणले अहिले सम्म उपचार हुन सकेको छैन । परिवाको आर्थिक अवस्था कमजोर भएको कारण धनमायाँको उपचारमा समस्या भएको र धनमायाँ सुनार बचाउ अभियान नै चलायर आर्थिक संकलन गदै आएको धनमायाका वुवा लक्ष्मण सुनारले बताउनु भयो ।
उपचारको लागि काठमाडौको सिभिल अस्पतालमा करिव २५ लाख देखी ३० लाख सम्मको खर्च लाग्ने डाक्टरले जानकारी दिएको धनमायाँको वुवाले जानकारी दिनु भएको छ । अहिले सम्म जम्मा ७ लाख रुपैया सहयोग संकलन भएको सुनारले जानकारी दिए ।
१० दिन पहिले अस्पताल पुगेर छोरीको सवै जाचँ गरेको र ३ महिना पछि वोन म्यारो दिनको लागि तयारी भएर पुग्न भनेको सुनारले बताएका छन् । तर प्रायाप्त अर्थिक नहुदा अहिले उपचार कठिन भएको बताएका छन् । उपचारको लागि सक्दो सहयोग गर्न अपिल समेत गरेका छन् ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
