
बागलुङ : धौलागिरि एफएमका सम्पादक ताराप्रसाद शर्मा र जागरण दैनिककी सहसम्पादक सृजना पन्त पुरस्कृत भएका छन् । मंगलबार चैते दशैं मेलाको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालिका पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
दुवै जना लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।गुठीले ५ हजार नगद र प्रमाण पत्र सहित दुवैजनालाई पुरस्कृत गरेको हो ।
कार्यक्रम काष्ठ कला मार्फत कालिका मन्दिरको प्रचारमा योगदान पु¥याएका कलाकारहरु ठाकुर जंग राजभण्डारी, प्रकाश नेपाली र भिमबहादुर विश्वकर्मालाई पनि पुरस्कृत गरिएको हो ।
कार्यक्रम कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा, पूर्वअध्यक्ष राजु खड्काको स्वागत र संचालन गुठीका उपाध्यक्ष निशान खड्काले गरेका थिए ।
ट्रेन्डिङ

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
