बागलुङको चैत्राष्टमि मेला चैत्र ३० गते देखी २०८१ बैशाख छ गते सम्म सञ्चालन हुने - Elaka Khabar

बागलुङको चैत्राष्टमि मेला चैत्र ३० गते देखी २०८१ बैशाख छ गते सम्म सञ्चालन हुने

बागलुङको चैत्राष्टमि मेला चैत्र ३० गते देखी २०८१ बैशाख छ गते  सम्म सञ्चालन हुने

विनोद प्रतिक: बगलुङ
बगलुङ जिल्लाको पुरानो ऐतिहासिक चैत्राष्टमि मेला चैंत्र ३० गते देखी २०८१ बैशाख छ गते सम्म सञ्चालन हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजक कालिका भगवति गुठी व्यवस्थापन समितिले कार्यक्रमको जानकारी दिएको हो ।

“गन्तव्य बागलुङ कालिका –कला संस्कृतिको प्रदर्शन,स्थानिय उत्पादन,व्यापार र धार्मिक प्रवद्र्धन” भन्ने मुख्य नाराको साथमा कार्यक्रमको आयोजना गरिएको कालिका भगवति गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिएका छन् । आयोजित कार्यक्रमको अवसरमा विगतका वर्षहरुमा जस्तै खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका छन् ।
मेला बाट आन्तारिक तथा बाह्य पर्यटक भित्राउने र आर्थिक,सामाजिक,सास्कृतिक गतिविधि बृद्धि गर्ने ध्येय राखेको छ भने । कला संस्कृति स्थानिय उत्पादन,व्यापार र धार्मिक पर्यटन प्रबद्धन गर्ने परिकल्पना रहेको अध्यक्ष्या खड्काले जानकारी दिएका छन् । प्रसिद्ध ऐतिहासिक कालिका भगवति मन्दिर तथा परम्परागत चैत्राष्टमी मेलालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चिनाउन बागलुङ जिल्लाको ऐतिहासिक धार्मिक,सास्कृतिक एवं्म प्राकृतिक सम्पदा र स्थानिय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य रहेको कार्यक्रममा जानकारी दिएका छन् ।

कार्यक्रमले कालिका भगवती मन्दिरको ऐतिहासिक धार्मिक एवं्म सास्कृतिक गरिमालाई अभिबृद्धि गर्ने,कला संस्कृति,खेलकुद,एवं्म परम्पराको संरक्षण र प्रदर्शन गर्ने,स्थानिय एवं्म घरेलु उत्पादनको प्रवद्र्धन र विक्रि वितरण गर्ने,मेला स्थलमा आवश्यक तारबार,मञ्च स्वस्छ वातावरण आदि कार्यका लागि आवश्यक संरचना निर्माण र व्यवस्थापन गर्ने,आन्तरिक तथा वाह्य पर्यटक भित्राउन विविध गतिविधिहरु संचालन गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको छ ।

कार्यक्रमको अवसरमा खुल्ला लोक दोहोरी गित प्रतियोगिता,कालिका कप खुल्ला भलिबल प्रतियोगिता,रथ यात्रा,रमाईलो मेला बाल उद्यान लागाएतको मेला आयोजना गरिएको छ । ख्याति प्राप्ता राष्ट्रिय तथा स्थानिय कलाकारको समेत मेला भर प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै नयाँ वर्ष २०८०को अवसरमा ३० गते रातको १२ बजे सम्म सास्कृतिक कार्यक्रम गरिने र नयाँ वर्षलाई विशेष रुपमा स्वागत गरिने आयोजकले जानकारि दिएको छ ।

खुल्ला लोक दोहोरी गित प्रतियोगिता तर्फ अहिले यो समाचार तयार पार्द सम्म ३४ समुहको नाम दर्ता भएको,जानकारी कार्यक्रममा गराएका थिए । त्यस्तै कालिका कप खुल्ला पुरुष भलिवलमा विभागिय समुहको सहभागिता समेत रहने जानकारी दिनु भएको छ ।

ताजा समाचार