ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित :  ६ हजार उत्तीर्ण - Elaka Khabar

ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित :  ६ हजार उत्तीर्ण

ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित :  ६ हजार उत्तीर्ण

 ईपीएस काेरियन भाषा  उत्पादनमूलक क्षेत्रका लागि   २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

   ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना उत्तीर्ण  भएका हुन् ।  पहिलो चरणको परिक्षा  पास भएकालाई  स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुनेछ ।  ईपीएस कोरिया शाखाका अनुसार परीक्षार्थीहरूले आफ्नो तोकिएको परीक्षा मिति, समय, र स्थान परिवर्तन गर्न नसक्ने कार्यालयले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा लिनुपर्ने छ। अन्यथा परीक्षा स्थलमा प्रवेश नगराइने कोरियाले शाखाले जनाएको छ।

पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिने भनिएको थियो। तर, ४० हजार जना मात्रै परीक्षामा सहभागी भएका थिए।

ताजा समाचार