ताराखाेलाकाे जंगलमा लागेको आगो नियन्त्रणमा:चाैपाया र घरगाेठ जले - Elaka Khabar

ताराखाेलाकाे जंगलमा लागेको आगो नियन्त्रणमा:चाैपाया र घरगाेठ जले

ताराखाेलाकाे जंगलमा लागेको आगो नियन्त्रणमा:चाैपाया र घरगाेठ जले

४ दिन अगाडी ताराखोला गाउँपालिका वडा नं. १ भिरकटेरी र गुँरासे  माझकटेरी जंगलमा लागेको डढेलाेले घर गाेठ र चाैपाया  जलेका छन् ।

आगो नियन्त्रण हुन नसक्दा ताराखोला गाउँपालिका वडा नं. २ साविक अर्गल १ गुँरासेको मानव वस्तीमा क्षति गरेको वडा नं २ का वडा अध्यक्ष भद्र घर्तीले जानकारी दिनुभयाे ।

डढेलाेले स्थानीय इश्वरा दर्जीको  ढुङ्गे घर  र खरको गोठ जलेकाे छ । दर्जीकाे  १ बोका जलेर मरेको  छ  भने  एउटा  दुहुनाे भैसी  र पाडी पुर्ण रुपमा जली अपाङ्ग भएका छन् ।

फुल कुमारी दर्जीको  खरको घर जलेकाे छ  ।त्यस्तै  अमृतलाल दर्जीको २ वटा  गोठ जल्दा हुदा २ माउ बाख्रा ,एउटा  बाेका  एउटा पाठी ,एक  रागो जलेर मरेको छन्  भने   जलेर एउटा पाडी  र एउटा  माउँ भैसी अशक्त भएका छन् ।  डढेलाेले   याम वहादुर दर्जीको  एउटा गोठ र नर वहादुर दर्जीको घर गोठ जलेकाे  पत्रकार वसन्त बिश्वकर्माले  जानकारी दिनुभयाे ।

आइतवार र सोमवार आगो नियन्त्रण गर्न  स्थानीयहरुले  निरन्तर प्रयास गरे  पनि आगाे   नियन्त्रण गर्न सकिएकाे छैन ।    भौगोलिक जतिलता, प्रयाप्त खर घाँस,  बनमाराको झाँडी र हुरी वतासको कारण  आगो नियन्त्रणमा लिन नसकिएको स्थानीय याम दर्जीले  बताए । आगाेलागीबाट  घरगाेठ र चाैपाया गुमाएका  नागरिक अहिले आफन्तकाे बसेका छन् ।  ।  अहिले पनि  सिरवारी भिरकटेरी वुढोखोरीया नुन्थला वराहकाट लगाएत  जंगलमा आगाे  लागेकाे थियो ।

ताजा समाचार