निसीखाेलाकि १४ वर्षिय बालिका माेबाईल मर्मत गर्न जादा बलात्कृत,बालिकाले जन्माइन बच्चा  - Elaka Khabar

निसीखाेलाकि १४ वर्षिय बालिका माेबाईल मर्मत गर्न जादा बलात्कृत,बालिकाले जन्माइन बच्चा 

निसीखाेलाकि १४ वर्षिय बालिका माेबाईल मर्मत गर्न जादा बलात्कृत,बालिकाले जन्माइन बच्चा 

 निसीखाेला  -३ कि १४ बर्षिय बालिका गत साउनमा झिवाखाेलाकाे एक माेबाईल मर्मत केन्द्रमा माेबाईल बनाउन गएकि थिईन् ।  निसीखाेला -१ घर भई वडा नं ३ झिवाखाेलामा  माेबाईल मर्मत व्यवसाय गर्ने  विजय मल्लले सांझसम्म  माेबाईल बन्ने र माेबाइल  बनेपछि  खबर गर्छु भन्छन् ।

   उक्त दिन  सांझ  बालिकाले  बुबाकाे नम्बरबाट  फाेन गरि माेबाईल बन्याे  कि नाई भन्दै साेध्छिन् । बन्याे लिन आउ भन्दै  बालिकालाई  भन्छन्। झमक्क सांझ परेकाे  समयमा बालिका माेबाईल लिन  पसलमा पुग्छिन ।

   माेबाईल लिन आएकि बालिकालाई माेबाईल  नदिई हिड म पनि  जान्छु भन्दै मल्ल पनि  पछि लाग्छन्। बालिकाकाे घर तल पुगेपछि  मल्ललाई  म घर जान्छु माेबाईल  दिनु भन्छिन् ।माेबाईल मागेपछि पख ,पख भन्दै माेबाईल दिन आनकानी गर्दै समय धकेल्छन् र  बाटाे मै मल्लले बालिकालाई जबरजस्ती करणी गर्छन् ।

       घरमा बदनाम हुने र थप पिडा हुन्छकि भन्दै बालिकाले आफुमाथि भएको घटना  लुकाउछिन् । समय वित्दै   गर्दा बालिका अस्वभाविक रुपमा माेटाएपछि आमाले उपचार गर्न लान्छिन् । डेड महिना  अघि मात्र बालिका  गर्भवती भएको थाहा हुन्छ ।

      करणी गर्ने मल्ललाई जानकारी  गराएपछि  गर्भ फाल्न  रु.१ लाख दिएर  बुटवल पठाउछन् । बालिकाकि आमाकाे अनुसार  बच्चा ७ महिना बढिकाे भएकाले गर्भपतन  गर्न नमिल्ने भनेपछि बालिका पुन घर आउँछिन् । बिबाहित विजय मल्लले बालिकालाई आफुले बिबाह गर्ने आश्वासन दिएर मुद्दा  गाउँमै सल्टाउन खाेजेका थिए ।

    घटना सबैतिर फैलिएपछि आराेपी मल्ल फरार भए । बालिकालाई  केहि दिन अघि धाैलागिरी अस्पताल भर्ना गरिएकाे थियाे ।

     बालिकाले शनिवार ३ बजे अस्पतालमा २.२ केजीकि छाेरी  जन्माएको अस्पतालले  जनाएको छ । बच्चालाई एसएनसियुमा राखेर उपचार भैरहेको छ ।

गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तीकाे  पहलमा बालिकालाई बिहीबार धौलागिरि अस्पतालमा भर्ना गरिएको थियाे   पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिएकि छन् ।

  ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका मल्लकाे  खोजी र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा समाचार