बागलुङ निसीखाेलामा बस दुर्घटना हुदा ७ काे मृत्यु,१५ बढि घाइते - Elaka Khabar

बागलुङ निसीखाेलामा बस दुर्घटना हुदा ७ काे मृत्यु,१५ बढि घाइते

बागलुङ निसीखाेलामा बस दुर्घटना हुदा ७ काे मृत्यु,१५ बढि घाइते

रुकुम पश्चिम बाट काठमाडाैं हिडेकाे  बागमती प्रदेश ०१-००६ ख ३८७९  नं. को बस आज सांझ ५.२०  बजेको  सडक देखी  १५० खस्दा   ७ जनाको घटना स्थलमा मृत्यु भएको  छ ।

  दुर्घटनामा परि ७ जना  गम्भिर  घाईते भएका छन् ।  प्र.स.नि. भोज बहादुर गुरुङको कमाण्डमा २ जना र इ.प्र.का. बुर्तिबाङ बागलुङबाट प्र.नि. राज कुमार बि.क.को कमाण्डमा १६ जनाको प्रहरी टोली उद्दारमा खटिएको छ । दुर्घटनामा परि  गम्भीर  घाईते  भएकालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाईएको  जिल्ला प्रहरी कार्यालय बागलुङ का सुचना अधिकारी  प्रहरी नायव उपरीक्षक मदन केसीले बताउनुभयो ।

     मृतक ७ र घाईते १५  जना बढिकाे  परिचय अझै  नखुलेको पनि  प्रहरी नायव उपरीक्षक केसीको भनाई छ  ।अहिले घटना स्थलबाट  ३१ जनाको उद्धार भइसकेको  छ ।

 पूर्वी रुकुमबाट प्र.नि. हरि भट्टराईको कमाण्डमा १८ जना,  सशस्त्रको प्र.नि. प्रिन्स चन्दको कमाण्डमा ११ जना र नेपाली सेनाको सह-सेनानी चित्र बहादुर बुढाथोकीको कमाण्डमा २५ जनाकाे टोली,इ.प्र.का. गल्कोट बागलुङबाट प्र.नि. थमन सिंह रानाको कमाण्ड, जि.प्र.का. बागलुङबाट प्र.ना.नि. विष्णु सापकोटा,गण्डकी विपद ब्यवस्थापन गुल्म बागलुङबाट प्र.नि. बाबुराम बस्नेतको कमाण्डमा ९ जनाको प्रहरी टोली,जनप्रतिनिधि ,स्थानिय उद्दारमा खटिएका छन् ।

ताजा समाचार