
सत्ता गठबन्धको प्रमुख पार्टी माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले प्रकाउ गरेको छ ।
गत २ साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको साँठगाठ देखिएपछि उनि प्रहरीको निगरानीमा थिए । सिआईबीबाट उनलाई खुकुलो बाताबरण बनेपछि आफूले उन्मुक्ति पाउने भए भन्दै ढृुक्क थिए ।
सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेपछि सिआईबी प्रमुखलाई फेरिएको छ । सुन तस्करी प्रकरणमा थुनामा रहेका दावा छिरिङसँग दिपेशको उठबस रहेका प्रमाण भेटिएपछि उनतिर अनुसन्धान तेर्सिएको थियो ।
, दिपेश दावासहित अन्य चिनियाँ नागरिकहरुसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको लगायतका साँठगाठका प्रमाण भेटिएको थियो । छोरा सुन काण्डमा जोडिएपछि पूर्व उपराष्ट्र पतिको समेत बदनाम भएको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
