
सत्ता गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुभएको पुष्पकमल दाहाल प्रचण्डले तेश्रो पटक प्रतिनिधी सभाबाट विश्वासको मत पाउनुभएको छ ।
नकपा (एमाले), नेकपा (माओवादी केन्द्र ), रास्वपा, जसपा, एकीकृत समाजवादीको पाँच दलीय गठबन्धनले उहाँलार्य विश्वासको मत दिएका हुन् ।
प्रतिनिधिसभामा बुधबार उपस्थित २६८ सांसद मध्ये १५७ जनाले दाहालको पक्षमा मत दिए भने ११० जनाले विपक्षमा मत दिएका हुन् । एक जनाले भने म मत दिन्न भन्नुभएको थियो ।कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री दाहालको विपक्षमा उभिएका थिए । ।
२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो । एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै दाहालले प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत पाउनु भएको थियो ।
प्रतिपक्षमा रहेको नेपाली काँग्रेसलेसमेत दाहाललाई विश्वासको मत दिएको थियो । विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदले दाहालको पक्षमा मतदान गरेका थिए । उनको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले मात्रै विपक्षमा मत राखेका थिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
