
जिल्लाको गलकोट नगरपालिका वडा नं.१० रमुवामा श्री श्रीमेहर गण घोडाबाघे व्यारेक बागलुङले महाशिव रात्रीे तथा नेपाली सेनाको २ सय ६१ औं स्थापना दिवसको अवसरमा शनिवार निशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेको छ ।
निशुल्क स्वास्थ्य शिविरमा ६८ जना पुरुष र १ सय ५५ जना महिला तथा बालबालिकाहरुले सेवा लिएको गलकोट नगर पालिका वडा न १० का अध्यक्ष भक्त बहादुर काउचाले जानकारी दिन भयो ।
शिविर विहान ९ बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन गरिएको थियो । शिविरमा भिडियो एक्सरे,हाडजोर्नी,ग्यास्टिक,रक्तचाप तथा डेन्टल सम्बन्धी रोगको चेक जाचँ गरेको अध्यक्ष काउचाले बताउनु भयो । नेपाली सेनाले जिल्लाको स्वास्थ्य सेवा बाट बन्चित एवम विपन्न वर्गलाई सोहि स्थानमा नै गएर स्वास्थ्य सम्बन्धी सचेतना मुलक जानकारी तथा निशुल्क स्वास्थ्य शिविर राखेको श्रीमेहर गणका गणपति प्रमुख सेनानी श्री धन राना मगरले बताउनुभयो । उपचार गलकोट नगर अस्पतालको डा.राजेश पौडेल,श्री नम्बर २३ फिल्ड अस्पतालका प्राविधीक उपसेनानी डा.अविशेक थापा,अन्य स्वास्थ्यकर्मीहरुले सहजीकरण गर्नु भएको थियो ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
