गण्डकि प्रदेश इन्चार्ज दिननाथ शर्मा सह इन्चार्ज हरी अधिकारीकाे पदस्थापन  कार्यक्रम सम्पन्न  - Elaka Khabar

गण्डकि प्रदेश इन्चार्ज दिननाथ शर्मा सह इन्चार्ज हरी अधिकारीकाे पदस्थापन  कार्यक्रम सम्पन्न 

गण्डकि प्रदेश इन्चार्ज दिननाथ शर्मा सह इन्चार्ज हरी अधिकारीकाे पदस्थापन  कार्यक्रम सम्पन्न 

     नेकपा  माओवादी केन्द्र  गण्डकि प्रदेशकाे  इन्चार्जकाे भुमिका पाउनुभएका केन्द्रिय सचिव  दिननाथ शर्मन  तथा सह-इन्चार्ज  केन्द्रीय सदस्य  हरी अधिकारीकाे पदस्थापन  कार्यक्रम   बुधबार पाेखरामा सम्पन्न भएको छ ।

       पदस्थापन  कार्यक्रममा  बाेल्दै  नेता  दिननाथ शर्माले कॉंग्रेसकाे  महासमिती बैठकबाट संबिधान सँग बाझिने र  धर्मनिरपेक्ष बिरुद्ध हस्ताक्षर गरेकाे, माओवादी पार्टी  बिरुद्ध अनेक आराेप  लगाउदै सांगठानिक राजनैतिक प्रस्तावहरु प्रस्तुत गरेको  लगायतका  कारणले  कागेससंगकाे  गठबन्धन टुटाउनु परेकाे  बताउनुभयाे ।

  असक्षम  मन्त्री फेरेर  सुशासनको प्रत्याभुती दिने प्रधानमन्त्रीको चाहनामा काँग्रेसले  ब्रेक  लगाउन खाेजेकाे, राष्ट्रीय सभा चुनावमा पनि घात गरेकाे  लगायतका  कारणले  काँग्रेससंगकाे  गठबन्धन टुटेकाे शर्माले  स्पष्ट पार्नुभयाे ।

   बामपन्थि धुर्वीकरण तर्फ नेकपा समाजबादी मोर्चा बनाउनु र एमाले लगायतका पार्टीहरु सँग सहकार्य गर्नु नै सहि हुने   निष्कर्षमा माओवादी पार्टी पुगेकाे  पनि शर्माकाे भनाई थियाे

  सह -इन्चार्ज हरि अधिकारीले प्रधानमन्त्री प्रचण्डले देश विकास  र परिवर्तनमा गतिशील काम गरेकाेले  अब  बन्ने  सरकारले  आम नागरिककाे  भावना अनुसार  काम  गर्नुपर्ने  बताउनुभयाे ।

    प्रदेशकाे समासामायिक  बिषयमा पार्टीका केन्द्रिय सदस्य  तथा संसदिय  दलका  नेता  हरि बहादुर  चुमानले  जानकारी दिनुभयाे ।

   गण्डकी प्रदेशमा यसअघि  सचिव देवेन्द्र पाैडेल प्रदेशकाे इन्चार्ज  हुनुहुन्थ्यो ।

 

ताजा समाचार