बागमती प्रदेश रिटर्नी सेन्टरको अध्यक्षमा दिपेन्द्र कार्की - Elaka Khabar

बागमती प्रदेश रिटर्नी सेन्टरको अध्यक्षमा दिपेन्द्र कार्की

बागमती प्रदेश रिटर्नी सेन्टरको अध्यक्षमा दिपेन्द्र कार्की

रिटर्नी  सेन्टर  नेपाल बागमती प्रदेशको प्रथम प्रदेश सम्मेलन सम्पन्न भएको छ ।

नेकपा ( माओबादी केन्द्र ) को पार्टी कार्यालय पेरिस डांडामा  सम्पन्न भएकाे  सम्मेलनले दिपेन्द्र कार्कीको अध्यक्षतामा ३७ सदस्यीय कमिटि चयन गरेका छन्

नेकपा ( माओबादी केन्द्र ) का केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेशका इन्चार्ज अग्नि  सापकोटाले पार्टीमा उधमशिलताको बारेमा कसरी अघि बढ्ने  भन्ने बिषयमा  गहन छलफल भैरहेको बताउनुभयाे  lसापकाेटाले  रिटर्नी सेन्टर नेपालले विदेशबाट फर्केर आएका साथीहरुको ज्ञान ,सीप ,पूंजी तथा आधुनिक प्रविधिहरु प्रयोग गरि उत्पादनमा जोडी रोजगारीको बातावरण बनाइ देश निर्माणमा सहयोग गर्नुपर्ने बताए l

      बागमती प्रदेशका मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार तथा अर्थ राजनीतिमा दख्खल राख्ने  केन्द्रिय सदस्य डिपी ढकालले कुनै समयमा युद्धको चपेटा परि निकै दयनीय अवस्थामा पुगेका जापान ,कोरिया लगायत अन्य देशहरुका युवाहरु कामदारको रुपमा विदेश गई सीप सिकेर फर्की आफ्नो देशको बिकाशमा योगदान गरेको स्मरण गर्दै, बिशेष  नेपालले विदेशबाट फर्केका अनुभवी युवाहरुको सीप तथा पूंजीको सहि परिचालन गरि रोजगारीको सिर्जना गरि देश बिकाशमा टेवा पुर्याउने विश्वास लिएको र आफुले सक्दो  सहयोग गर्ने बताउनुभयाे ।

    रिटर्नी सेन्टर नेपालका केन्द्रिय सह-संयोजक तथा बागमती प्रदेशका इन्चार्ज हेमन्त पौडेलले रिटर्नी सेन्टर नेपालको परिचय , स्थापनाको उदेश्य ,सदस्यहरुको भूमिका , सांगठनिक गतिबिधिहरुको बारेमा जानकारी दिनुभएको थियाे l उहाँले रिटर्नी सेन्टर नेपालको उदेश्य अनुरुप उत्पादनमुलक क्षेत्रमा सामुहिक लगानी गरि रोजगारीको सृजना गर्नको लागि विभिन्न अध्ययन ,अनुसन्धान तथा योजनाहरु बनिरहेको जानकारी दिनुभयाे l

    रिटर्नी सेन्टर नेपालका केन्द्रिय सचिव भिम लकान्द्रीले रिटर्नी सेन्टर नेपाल अन्य संगठन भन्दा फरक भएकाेले पार्टीका झन्डा तथा कार्यकर्ताहरुलाई होइन देश विकासका लागि ,समाज समृद्धिका लागि उत्पादन र उधमशिलता बिशेष प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयाे lकेन्द्रिय सचिव लकान्द्रीले उत्पादन ,कृषि ,होटेल तथा अन्य बिभिन्न क्षेत्रमा सामुहिक लगानी गरि रोजगारीको सृजना गर्ने बताए l उहाँले रिटर्नी सेन्टर नेपालले निकै छोटो समयमा करिब ९ महिनाको अवधिमा करिब ६ प्रदेश ,६० जिल्ला तथा १०० पालिकामा संगठन निर्माण गरिसकेको जनाउनुभयाे ।

सम्मेलनमा बिशेष अतिथिहरु रिटर्नी सेन्टर नेपालका केन्द्रिय सह-संयोजक तथा गण्डकी प्रदेशका इन्चार्ज रामचन्द्र अधिकारी क्षेत्री ,केन्द्रिय सह -संयोजक तथा मधेश प्रदेशका इन्चार्ज नाबिराज खान , केन्द्रिय सचिवालय सदस्यहरु रमेश खावाजु ,धनध्वज मल्ल ठकुरी , घनश्याम भट्टराई  गण्डकी प्रदेश संयोजक इश्वरी ढकाल , बिभिन्न प्रदेश,जिल्ला ,पालिकाका इन्चार्ज ,संयोजक तथा पदाधिकारीहरुको पनि सहभागिता रहेकाे थियाे l दिपेन्द्र कार्कीको अध्यक्षतामा भएको बागमती प्रदेशको सम्मेलनमा स्वागत मन्तब्य भुवन कार्की तथा कार्यक्रम संचालन प्रेम चौलागाईंले गर्नुभएकाे  थियाे l

नव निर्बाचित बागमती प्रदेश कमिटी यस्ताे  छ ।

अध्यक्ष – दीपेन्द्र कार्की

उपाध्यक्ष -आरसी डंगोल

उपाध्यक्ष -उमेश शेरालुङ्ग

उपाध्यक्ष -ज्ञान तामाङ्ग

सचिव -गान्दीप गौतम ‘प्रल्हाद ‘

सह सचिव – भुवन कार्की

सह-सचिव -किशोर सापकोटा

कोषाध्यक्ष -रविता चौधरी

सदस्य – गोपाल तामाङ्ग

सदस्य-यादवजंग रायमाझी

सदस्य -राजेश लामीछाने

सदस्य – धर्मराज खनाल

सदस्य – मनिजकुमार भुजेल

सदस्य – नवराज श्रेष्ठ

सदस्य -श्यामकाजी श्रेष्ठ

सदस्य -रोजबहादुर श्रेष्ठ

सदस्य -अशोक तामाङ्ग

सदस्य -रमेश तामाङ्ग

सदस्य -कामी नाक्पो

सदस्य -अनन्त पौडेल

सदस्य -महेन्द्र गुरुङ

सदस्य -क. कुन्साङ्ग तामाङ्ग (लामा )

सदस्य – क. बिजय लामा

सदस्य -क.शान्ती लामा

ताजा समाचार