लमजुङमा रिटर्नी सेन्टर नेपालकाे जिल्ला सम्मेलन सम्पन्न ,अध्यक्षमा मिन बहादुर  तामाङ - Elaka Khabar

लमजुङमा रिटर्नी सेन्टर नेपालकाे जिल्ला सम्मेलन सम्पन्न ,अध्यक्षमा मिन बहादुर  तामाङ

लमजुङमा रिटर्नी सेन्टर नेपालकाे जिल्ला सम्मेलन सम्पन्न ,अध्यक्षमा मिन बहादुर  तामाङ

    विदेशबाट फर्किएका युवालाई     उत्पादन र  राेजगारीमा   जाेड्ने उद्देश्य सहित स्थापित रिटर्नी सेन्टर नेपालले देशभरमा आफ्नाे संगठन विस्तार  गरिरहेकाे छ ।

       यसैबीच लमजुङमा  पनि  जिल्ला सम्मेलन  गरि नयाँ  नेतृत्व चयन गरिएकाे छ । अध्यक्षमा मिन बहादुर तामाङ ,उपाध्यक्षमा बुद्धि घले,सचिवमा कृष्ण बराल,उपसचिवमा  ध्रव अधिकारी ,काेषाध्यक्षमा  मिन बहादुर हिमाली,सदस्यमा प्रमाेद  बाेहरा,गंगा बहादुर हिमाली,मा बहादुर मक्षकाेटी  लगायत  रहेका छन्  ।

नेकपा ( माओवादी केन्द्र ) गण्डकी प्रदेश सभा सदस्य हरि जंग तामाङले  विदेशबाट फर्केका रिटर्नीहरुले बेरोजगारी हटाई रोजगारीको सृजना गर्ने  उद्देश्य बाेकेकाे  रिटर्नी सेन्टर नेपालले  देशमा नयाँ उर्जा पैदा गरेकाे  बताउनुभयो ।  सेन्टरकाे  सकरात्मक कदमलाई  आफुले र सिंगाे पार्टीले पूर्ण साथ  सहयोग गर्ने बताउनुभयाे l

  बिशेष अतिथि बासुदेब थापाले रिटर्नी सेन्टर नेपालले देशकाे बेरोजगारी समस्या र  विदेश पलाउनकाे  अवस्था राेक्न  यहाँका तमाम संभावनाकाे खाेजी गरि  कृषि ,पशुपालन र उद्योगमा लगानी गर्नुपर्ने कुरा राख्नुभयाे l       नवनिर्वाचित अध्यक्ष  अध्यक्ष मिन बहादुर तामाङले विदेशबाट फर्केका युवालाई श्रम ,सीप, पुजीं र प्रबिधि प्रयोग गरि देशमै रोजगारीको सृजना गर्ने अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । तामाङले लमजुङका  हरेक पालिकामा भेला गरि संगठन बलियो बनाउने समेत जानकारी दिनुभयाे  । लमजुङ जिल्ला  सम्मेलनमा पालिका , जिल्ला तथा प्रदेशका पदाधिकारीहरुको पनि  बाक्लो  उपस्थिती रहेकाे थियाे ।

ताजा समाचार