
गलुवा ढाडखर्क आधारभुत विद्यालय बानपा -१० काेकाे ६४ ओै बार्षिकाेत्सव सम्पन्न भएकाे छ ।
बार्षिकाेत्सव उद्घाटन गर्दै प्रदेश सभा सदस्य कुसुम बुढाले हिजाे जे-जस्ताे अवस्था भाेगेपनि अहिले नयाँ प्रविधिकाे प्रयाेग सहितका सुविधा प्रयाेग गर्न पाएकाे बताउनुभयाे ।
सरकारले सरकारी विद्यालयकाे शिक्षा सुधारका लागि प्रयास गरिरहेकाे बताउदै आम अभिभावक ,शिक्षक विद्यार्थी समेत विद्यालयकाे शिक्षा उकास्न लाग्नुपर्ने कुरा ओैलाउनुभयाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविश्वर आचार्यले विद्यालयमा कक्षा काेठा अभावमा एउटै काेठा बारेर दुईवटा कक्षा सञ्चालन गर्दा समस्या भएकाे जानकारी दिनुभयाे ।कक्षा ५ सम्म अध्ययनरत ७० विद्यार्थीका लागि खानेपानी ,शाैचालयकाे पनि समस्या रहेकाे,शिक्षक अपुग रहेकाे विद्यालयका प्रधानध्यापक धनकुमारी गाैचनले बताउनुभयाे ।
कार्यक्रममा प्रथम व्दितीय,तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियाे ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
