बागलुङमा जनयुद्द दिवश : अन्तर्किया तथा दीप प्रज्वलन गरि मनाइयो - Elaka Khabar

बागलुङमा जनयुद्द दिवश : अन्तर्किया तथा दीप प्रज्वलन गरि मनाइयो

बागलुङमा जनयुद्द दिवश : अन्तर्किया तथा दीप प्रज्वलन गरि मनाइयो

  २९ ओैं जनयुद्द दिवशकाे अवसरमा  नेकपा माओवादी केन्द्र र नेकपा(विप्लव)ले  बागलुङमा शुभकामना आदान प्रदान,अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे छ ।

      अन्तक्रिर्या कार्यक्रममा बाेल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचेतक तथा गण्डकी प्रदेश सांसद कुसुम बुढाले  जनयुद्धकाे कारण अहिलेसम्मका  परिवर्तन र उपलब्धि सम्भव भएकाे  बताईन् ।महिला,दलित,अल्पसंख्यककाे अधिकार  सुनिश्चित गर्न जनयुद्दले ठूलाे भूमिका  खेलेकाे पनि स्मरण गरिन् ।

 प्रधानमन्त्री तथा पार्टी  अध्यक्ष  प्रचण्डले  पार्टी र सरकार दुवैलाई सहि ढंगले अघि बढाएकाेले शान्ति सम्झाैतालाई  अघि  सारेर  प्रतिक्रियावादिले  अप्ठ्यारोमा  पार्न खाेजेकाे प्रति  सचेत हुन आग्रह गरिन   । नीतिगत भ्रष्टाचारलाई अन्त्य गर्न सरकारले चालेका कदमकाे समर्थन,प्रचारप्रसार  गर्नुपर्ने पनि उनकाे भनाई थियाे ।

   त्यस्तै  सांझ  माओवादी केन्द्र बागलुङ  र     नेकपा(  विप्लव) ले सयुक्त रुपमा   बागलुङ बजारकाे लाेकतान्त्रिक  चाेकमा आयनेजित  दीप प्रज्वलन कार्यक्रममा बाेल्दै नेकपा(विप्लव)का केन्द्रिय सदस्य विकिरण सीले अहिले देश पुंजीवादीले कब्जा गरेकाेले त्यसलाई परास्त गर्नुकाे विकल्प  नरहेकाे  बताए । जनयुद्दका उपलब्धिकाे रक्षा गर्दै त्यसले परिकल्पना गरेकाे उद्देश्य पुरा गर्न सबै मिलेर  अघि बढ्नुपर्ने बताए । देशका नागरिककाे पक्षमा काम गर्न,सामान्तवाद र पुंजीवादलाई परास्त पार्दै समाजवादकाे यात्रामा अघि बढ्ने लक्ष्य सहित  सच्चिएर आए फेरि पार्टी एक हुन सक्ने पनि जनाए । अब कम्यनिष्टहरु सच्चिएर एकढिक्का भई अघि बढ्न आग्रह गरे । 

     कम्युनिस्ट आन्दोलन    जनयुद्ध  र माओवादी आन्दाेलनकाे इतिहासबारे  गण्डकी प्रदेश सदस्य चन्द्र बहादुर थापाले जानकारी दिएका थिए । फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३  सालमा शान्ति सम्झाैतामा टुंकिएकाे  थियाे ।

     जनयुद्ध विशेष शुभकामना तथा अन्तर्किया कार्यक्रममा गण्डकि प्रदेश सदस्य  कुमार विक्रम क्षेत्री,टीका कुमारी बिक,जिल्ला सदस्य राम बहादुर बिक  लगायतले जनयुद्ध कै  देशकाे आमुल परिवर्तन सम्भव भएको बताएका थिए ।

      उनिहरुले  माओवादी सिंह भएकाेले अरु  जस्ताे लुते  बन्न नहुने ,माओवादी सबै उत्पीडित र धरातलका व्यक्तिकाे पार्टी भएकाेले अब फेरि शसक्त भएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

    समाजवादकाे यात्रामा अघि बढिएकाेले त्याे गन्तव्यमा पुगेर छाेड्न अझै संघर्ष गरि अघि बढ्नुपर्ने पनि वक्ताहरुकाे भनाई थियाे ।

  कार्यक्रम नगर अध्यक्ष रतन मलेपतिकाे अध्यक्षता र  राजु  खड्का र जीवन शर्माकाे  सञ्चालनमा सम्पन्न भएको थियाे ।

ताजा समाचार