काठेखोला गाउँपालिका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत खीम बहादुर विक सहित सबैलाई सफाइ - Elaka Khabar

काठेखोला गाउँपालिका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत खीम बहादुर विक सहित सबैलाई सफाइ

काठेखोला गाउँपालिका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत खीम बहादुर विक सहित सबैलाई सफाइ

बाग्लुङ काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विक, सव–इञ्जिनियर, लेखापाल र निर्माण सेवाका प्रोपाइटरहरू समेत गरी १० जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत २०७९ असार १५ गते  विशेष अदालतमा परेको मुद्धामा सबैले सफाई पाएका छन् ।
माघ २५ गते विहिबार विशेष अदालतका न्यायधिश व्दय टेक नारायण कुवँर र मुरानीबाबु श्रेष्ठको सयुक्त इजलासले विक सहित  १० जनालाई सफाईको फैसला गरेको हो ।

    डुडियाघाटमा उपभोक्ता समितिका रन बहादुर थापा टेक नारायण पुन र पार्वती थापा प्राविधिक सनोज उपाध्याय तथा प्राविधिक नवीन दास त्यसैगरी एक्लेखेतघाटमा उपभोक्ता समितिका अमर बहादुर गुरुङ गगन बहादुर कार्की र चेलीमाया थापा प्राविधिक सनोज उपाध्याय तथा प्राविधिक नवीन थापाले समेत सफाई पाएका छन् ।

विक सहित १० जनलाई गैरकानूनी लाभ तथा हानी पु¥याई गलत फाईदा उठाएको विशेष अदालतमा आरोप–पत्र दायर गरिएको थियो । आर्थिक बर्ष ०७५,०७६ को सडक मर्मत योजन र आर्थिक बर्ष ०७४,०७५ को डुडियाघाट तथा लामावगरघाटमा ह्युमपाइप कलभर्ट निर्माण, एक्लेखेतघाटमा ह्युम पाइप कलभर्ट निर्माण, ३ वटा योजनामा स्टीमेट अनुसार सामाग्री प्रयोग नगरेको, झुट्टा बिल भरपाई बनाई दोहोरो मुल्याँकन गरी नापी किताब तयार गराई दोहोरो भुक्तानी लिई नेपाल सरकारलाई हानी पुराएको आरोप लगाई परेका ३ वटै मुद्दामा सवैले सफाइ पाएको विशेष अदालतको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क, सव इञ्जिनियर नवीन थापा, असिस्टेन्ट सव९इञ्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेल, श्री सेभेन स्टेट बिल्डर्स, बाग्लुङ्गका प्रोपाइटर दिपेन्द्र बहादुर खड्का,अर्गेजा निर्माण सेवाका प्रोपाइटर मसुमन अर्गेजा र सोही कन्स्ट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्स्ट्रक्सनका प्रोपाइटर टंक बहादुर कुवर,खुसु निर्माण सेवाका सुर्य बहादुर भण्डारी,भण्डारी निर्माण सेवाका प्रोपाइटर गणेश बहादुर भण्डारी,सातविसे कन्सट्रक्सनका प्रोपाइटर मनोज खड्का सहित १० जनाको विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको थियो ।

ताजा समाचार