गलकाेटका नवीन गाैतमकाे  हत्या आराेपमा गुल्मीका २५ बर्षिय तेजेन्द्र महत पक्राउ   - Elaka Khabar

गलकाेटका नवीन गाैतमकाे  हत्या आराेपमा गुल्मीका २५ बर्षिय तेजेन्द्र महत पक्राउ  

गलकाेटका  नवीन गाैतमकाे  हत्या आराेपमा गुल्मीका २५ बर्षिय तेजेन्द्र महत पक्राउ  

   बागलुङ जिल्लाकाे गलकाेट नगरपालिका वडा नम्बर- ९  का  नवीन गाैतम (  नवीन जैसी)लाई  हत्या गरेकाे आराेपमा गुल्मी  मुसीकाेट-१   घर  भई  गलकाेट  वडा नं -९ गल्याङ स्थित  रेष्टुरेन्टमा  काम गरि बस्ने  २५ बर्षिय राजु  भनेर  चिनिने   तेजेन्द्र महतलाई  प्रहरीले  पक्राउ  गरिएकाे  छ ।

    माघ   २३ गते  राति  १२  बजे  मधिरापान  सेवन  गरि  एक आपसमा  विवाद हुने  क्रममा   नवीनलाई  भिरबाट  धकेल्दा मृत्यु  भएकाे  जिल्ला  प्रहरी  कार्यालय बागलुङका  प्रहरी  नायव  उपरीक्षक मदन  केसीले  जानकारी दिए ।

       आराेपी  महतलाई  मध्ये  पहाडी  लाेकमार्गबाट   २४ गते पक्राउ गरि  जिल्ला अदालत  बागलुङबाट म्याद  थप  गरि आवश्यक अनुसन्धान अघि  बढाइएकाे   प्रहरीले  जनाएकाे  छ ।

   २३ गते  बिहाना ६  बजे  मध्ये  पहाडीकाे  नालीमा मृत देखेपछि   स्थानीयले  फाेन  मार्फत  जानकारी गराएपछि  लगत्तै प्रहरीकाे  टाेली  घटना स्थल पुगेकाे  थियाे ।

ताजा समाचार