
बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् ।जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्ने आदेश गरेकाे छ ।
सीआईबीले बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको भन्दै आरोपमा चौधरीसहित ३ जनालाई १६ माघमा पक्राउ गरेको थियो ।
मुलुकको एक प्रमुख व्यापारिक घरानाका सदस्य अरुण पक्राउ परेलगत्तै सबैतिरबाट प्रहरीमा दबाब बढेको थियो । चाैधरीकाे स्वास्थ्यमा समस्या देखिएको’ भनि चिरायू अस्पताल लगिएको थियो । राति रिफर गरि ग्राण्डी अस्पताल सारिएको थियो ।
ट्रेन्डिङ

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
