मध्ये पहाडीकाे नालीमा गलकाेटमा २४ बर्षिय युवा मृत भेटिए   - Elaka Khabar

मध्ये पहाडीकाे नालीमा गलकाेटमा २४ बर्षिय युवा मृत भेटिए  

मध्ये पहाडीकाे नालीमा गलकाेटमा २४ बर्षिय युवा मृत भेटिए  

 बागलुङ जिल्लाकाे गलकाेट नगरपालिका वडा नम्बर ९ काे बडगाउ मध्ये पहाडीको नालीमा  एकजना युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।   गलकाेट -९ का  मित्रलाल गाैतमका २४ बर्षिय छाेरा नविन गाैतम मृत फेला  परेकाे  जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

    मृतक गाैतम  उत्तानो अवस्थामा मृत फेला परेको  र मृतक फेला परेकाे ७०  मिटर  तल उनले लगाएको    चप्पल भेटिएको छ ।  मृतक अविवाहित रहेकाे समेत खुलेकाे छ ।

  घटना स्थलमा  रहेका प्रहरी निरिक्षक थमनसिंह रानाका   अनुसार  मृतक  गाैतमकाे  अनुहारमा रगत रहेकाे र  माथि  ढिस्काबाट खसेजस्ताे देखिए पनि घटनाकाे वास्तविकता बारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

  प्रहरीलाई बिहान ६.५ मा खबर आएपछि ६.२०  बजे नै  प्रहरी घटना स्थलमा पुगेकाे  थियाे ।  मृतक गाैतम बाटाेमा  साेलिङकाे काम  गर्ने  खुलेको छ । मृतक गाैतमकाे  नाक र अनुहारमा  चाेट लागेकाे पनि प्रहरी निरिक्षक रानाकाे भनाई छ । घटनाकाे थप बिबरण आउन बाँकि  छ । अहिले सम्म पनि मृतककाे शव घटना स्थलमै छ ।

ताजा समाचार