जन्मदिनमा थापाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग - Elaka Khabar

जन्मदिनमा थापाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

जन्मदिनमा थापाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष युवा समाजसेवी दुर्गा थापाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन ।

गलकोट नगरपालिका ७ मल्म हाल जापानमा कर्म गर्दै आएका समाजसेवी थापाले श्रीमती सकुन केसी थापा र छोरा बिनम्र थापाको जन्मदिनको अवसरमा गलकोट नगरपालिका वडा नं ९ बाँसखोला, चित्रेथुम निवासी पुतली विश्वकर्माको परिवारलाई ७५ हजारको खाद्यान्न र नगद रु ५ हजार सहयोग गरेका हुन् ।

विश्वकर्माको परिवारलाई एक कार्यक्रमका बिच उक्त खाद्यान्न सामाग्री सहयोगी दुर्गा थापा र गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

विश्वकर्माको परिवारमा शारिरिक अशक्त बालबच्चा, पाका उमेरका गरि १० जनाको परिवार रहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेका विश्वकर्मा परिवारको जग्गा जमिन पनि पर्याप्त नरहेको र दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्दै आईरहेको वडा अध्यक्ष थापाले बताए ।

रोजगारीको सिलसिलामा जापानमा रहेर व्यवसाय सञ्चालन गर्दै आईरहेका समाजसेवी थापाले आफु विदामा नेपाल आएको बेला विश्वकर्मा परिवारमा समस्या रहेको जानकारी पाएपछि आफ्नो श्रीमती र छोराको जन्मोत्सवमा खाद्यान्न सहयोग गर्ने योजना तय गरेको बताए ।

समाजमा दुख पिडा र आर्थिक अभावमा कसैले समस्या झेल्न नपरोस भन्दै एकले अर्कोलाई सहयोग गनुपर्ने मान्यता अनुसार आफलेु सदभाव बाँडन उक्त खाद्यान्न सहयोग गरेको थापाले उल्लेख गरे ।

समाजसेवी थापाले यस अघि नेपालमा गएको विनाशकारी भूकम्प र कोराना कालमा पनि गलकोटमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको स्मरण गर्दै संकटमा सबै नागरिकले जसले जे सकिन्छ त्यो सहयोग गर्नु पर्ने बताए ।

खाद्यान्न ग्रहण गरेपछि विश्वकर्मा परिवारले सहयोगी थापालाई धन्यवाद ज्ञापन गरेको छ । जन्मोत्सवमा गरिने फजुल खर्च कटौती गरि विपन्न परिवारलाई गरिने यस्ता सहयोग सबैका लागि अनुकरणीय हुने उक्त सामाग्रीको निशुल्क ढुवानीकर्ता युवा व्यवसायी हुम थापाले बताए । उनले यस किसिमको सहयोगले समाजमा विभिन्न सन्दर्भमा गरिने खर्च कटौती गरि विपन्न नागरिकलाई सहयोग गर्नु परोपकारी काम हुने उल्लेख गरे ।

ताजा समाचार