गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले भौतिक निर्माणसँग शिक्षाको गुणस्तरमा बढि जोड दिनुपर्ने बताएका छन् ।
सिगाना मावि लामिचौर बागलुङले ७० बर्ष पार गरेको अवसरमा आयोजित `प्लेटिनम जुब्ली´ कार्यक्रमको उद्धघाटन गर्दै मुख्य मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। गण्डकी प्रदेश सरकारले सरकारी विद्यालयलाई तिन तहको विद्यालयका रुपमा विकास गर्ने गरि अघि बढेको जानकारी गराउदै अब प्रदेशमा बिग, स्कुल,लिड स्कुल र आवासीय स्कुल हुने बताए ।
विकास गाउँमा जादै गर्दा गाउँ रित्तिने अवस्था भएको प्रति दुख व्यक्त गर्दै पाण्डेले भने “हामीले राम्रो विद्यालय बनाउने विद्यार्थी नहुने । हामीले गाउँ–गाउँमा पक्कि बाटो. लाने तर गाडि चढ्ने मान्छे नहुने अवस्था भएको छ । ”
सिगाना लामिचौरको मुख्य खानेपानी समस्यालाई समेत एकबर्ष पछि पूर्ण रुपमा समाधान गर्ने गरि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्तर्गत बागलुङ बजार सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने सडककाे निर्माण गर्ने कम्पनीलाई भुक्तानी दिन नसकेको बारे पनि आफूले जानकारी पाएकोले सक्ने पहल गर्ने बताए । कम बजेटमा सबैको समस्या एकै पटक समाधान गर्न नसकिने प्रति पनि मुख्य मन्त्री पाण्डेले सचेत गराए ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र बहादुर थापालेृ सिगाना लामीचौर जिल्ला कै नभएर प्रदेशकै उत्कृष्ट विद्यालय बन्नुपर्ने बताए । आफू यहि क्षेत्रको नागरिक भएकोले पनि यहाँका हरेक विकास निर्माणका काममा पहिलो जिम्मेवारी लिने बचनबद्धता व्यक्त गरे ।
गण्डकी प्रदेश सदस्य कुशुम बुँढाले व्यवहारिक र शिपमूलक शिक्षाको आवश्यकता भएकोले अब सबैले त्यो दिशामा ध्यान दिनुपर्ने बताइन् । प्रदेश साँसद चम्पादेवी खड्का, जित शेरचन,बागलुङ नगरपालिकाका नगरप्रम्ख वसन्त कुमार श्रेष्ठ,शिक्षा विद गोपाल क्ुमार शमाौ, बानपा –८ का वडा अध्यक्ष छम बहादुर कार्कि लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाले विद्यालयले पछिल्लो समयमा गरेका परिवर्तन र प्रयास बारे जानकारी गराएका थिए ।
मुख्य मन्त्री पाण्डेले विद्यालय परिसरमा निर्माण गरिएको बाल उद्यान र विद्यालयमा योगदान दिने दुई दानवीरको शालिक अनावरण गरेका थिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
