
गत मंसीर ४ मा बागलुङ्ग जिल्ला निर्बाचन क्षेत्र न. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार भै भारी मत ल्याएका बागलुङका उदयमान यूवा अभियानकर्मी ई. खिमानन्द कँडेलले सामाजिक संजाल मार्फत कडा खालको स्टाटस लेखेका छन् ।
स्टाटसले कडेललाईलाई घेराबन्दी गर्न खोजिएको प्रष्ट हुन्छ ।
“घेराबन्दी जिल्ला भित्रको हो वा केन्द्र स्तरको हो ।” उनले नखुलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि आन्तरिक राजनीतिक खटपट शुरू भएको अनुमान गर्न सकिन्छ ।
ई. खिमानन्द कँडेल बिगतमा नेकपा एमालेमा सकृय राजनीतिमा लागि गत मंसीर ४ मा बागलुङ्ग जिल्ला क्षेत्र १ बाट संघिय सांसदमा उठि आम जनताको बिश्वासमा झण्डै १० हजार मत ल्याउन सफल भएका थिए
उनको पछिल्लो स्टाटस यस्तो छ । “२०४६ सालबाटै राजनीतिक संस्कारमा, राजनीतिक परिबारमा हुर्केको र राजनीतिकै वरिपरि तीन दशक बढीको अनुभव बटुलेको मान्छेले राजनीति नबुझ्ने कुरै हुँदैन ।”
म ब्यक्तिगत रूपमा सके देशलाई नै समृद्द बनाउने, त्यो पनि सकिएन भने धौलागिरी क्षेत्र उठाउने र त्यो पनि नसक्दा बागलुङ्ग जिल्ला समृद्द बनाउन योगदान दिन सकियो भने हामीसँगै अन्य ७७ जिल्लाका साथीहरू लाग्दा देश बनाउन सकिन्छ भन्ने दृढ संकल्प, अठोट र प्रतिबद्दतामा हिँडेको मान्छे हुँ ।”उनले लेखेका छन् ।
म आफ्नो अडान, आफ्नो भिजन र आफ्नो मिसनमा सदैब क्रियाशिल रहिरहनेछु ।समाजमा कुनै हैसियत नभएका एकदुई जना अबसरबादी साथीहरूले घेराबन्दी गरेर घेराबन्दीमा पर्ने खालको मान्छे त खिमानन्द कँडेल हैन कि त ? उनले प्रश्न गरेका छन् ।
राजनीतिक संस्कारको हिसाबमा हुर्केको मान्छेलाई राजनीति गर्न आउँछ ।तीन दशक बढीको राजनीतिक अनुभबले त पक्कै अर्थ राख्ला नै ?त्यतिमात्रै हैन, दुई दशक बढी त ईन्जिनियरको रूपमा बिकास निर्माणका विभिन्न अभियानमा देशैभरी जोडिने अबसर पाएकै मान्छे हुँ म ?
“तपाइँहरूले खिमानन्द कँडेललाई घेराबन्दी गर्न सक्नुहुन्न । सक्दै त सक्नुहुन्न । भ्रमको खेती नगर्नुहोला ।” कडेंलले लेखेका छन् ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
