माघ  ६ गते शनिवार  रिटर्नी सेन्टर  नेपाल कास्कीकाे जिल्ला भेला हुदै  - Elaka Khabar

माघ  ६ गते शनिवार  रिटर्नी सेन्टर  नेपाल कास्कीकाे जिल्ला भेला हुदै 

माघ  ६ गते शनिवार  रिटर्नी सेन्टर  नेपाल कास्कीकाे जिल्ला भेला हुदै 

आत्मनिर्भरताकाे लागि उत्पादन,श्रम ,सीप र पुँजीकाे प्रयाेग गराैं भन्ने  मुख्य उद्देश्य बाेकेकाे रिटर्नी सेन्टर  नेपालकाे  कास्की  जिल्ला  भेला माघ -६ गते  शनिवार आयाेजना गरिएकाे  छ ।

   विदेश पुगेर  फर्केका युवाकाे सीप,अनुभव र पुँजीलाई  स्वदश मै लगाउने अभियान  सहित   देशभर सञ्जाल  विस्तार गरिरहेकाे   रिटर्नी सेन्टर  नेपाल  गण्डकी  प्रदेशले  कास्किमा पनि जिल्ला  भेला गर्न  लागेकाे  गण्डकी प्रदेशका संयाेजक ईश्वरी प्रसाद ढकालले  जनाए ।

    संयाेजक ढकालका अनुसार माघ  ६  गते शनिवार दिनकाे ११ बजे पृथ्वीचाेक  स्थित ट्रेड युनियनकाे  हलमा भेला आयाेजना गरिएकोले  विदेशबाट  फर्किएका रिटर्नीहरु सहभागी हुन सक्ने छन् ।

    विदेशमा  गई  कम्तिमा  २  बर्ष काम  गरि  फर्किएका व्यक्तिलाई समेटी उत्पादनमा  जाेड्न लागिएकाे  रिटर्नी  सेन्टर नेपाल गण्डकि प्रदेशका सह-संयाेजक भुवन सिं गुरुङले  जानकारी दिए ।

  त्यस्तै माघ ७ गते आईतबाट स्याङ्जा र ८ गते  नवलपुरकाे  जिल्ला  भेला  तय  गरिएकाे छ ।

  सेन्टरले बागलुङ ,पर्वत,म्याग्दी,लमजुङ,तनहुँ र गाेरखाकाे जिल्ला  भेला  सम्पन्न गरिसकेकाे  छ ।

ताजा समाचार