पत्रकार राना  माथि भएकाे कुटपिटप्रति  सर्वत्र भत्सर्ना - Elaka Khabar

पत्रकार राना  माथि भएकाे कुटपिटप्रति  सर्वत्र भत्सर्ना

पत्रकार राना  माथि भएकाे कुटपिटप्रति  सर्वत्र भत्सर्ना

     बागलुङ महाेत्सव स्थल  धाैलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा शनिवार  राति १०.३० बजे पत्रकार महासंघ बागलुङका सचिव  विजय रानालाई  फाेटाे खिच्ने क्रममा प्रहरीले निर्घात कुटपिट गरेकाे घटना प्रति  पत्रकार महासंघ र  पत्रकार आवद्ध संगठनले विराेध  जनाएका छन् ।

  नेपाल    पत्रकार महासंघ  केन्द्रिय  कार्या लयले  विज्ञप्ति जारी गर्दै पत्रकार राना प्रति  भएको आक्रमणकाे  भत्सर्ना गरेकाे छ ।

   नागरिक माथि  प्रहरीले कुटपिट गरेकाे बेला फाेटाे खिच्न पुगेका  रानालाई  कुटपिट गर्दै गम्भिर घाईते  बनाएकाे  थियाे । रानाकाे माेबाईल  समेत  प्रहरीले नियन्त्रणमा लिएकाे पत्रकार रानाले  बताए । रानाकाे हात र शरिरका विभिन्न भागमा निल  डाम छन् ।

   याे  घटनाकाे  प्रेस  सेन्टर  नेपाल,प्रेस चाैतारी नेपाल,प्रेस युनियन र  प्रगतिशील पत्रकारका संगठनले  पनि विराेध  गर्दै दाेषीलाई  कारबाहीको माग गरेका छन् ।

    दाेषीलाई  कारबाही नभए थप  कदम चालिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ताजा समाचार