बागलुङ नपा – १२ अमलाचौर निवासी शसिधर विश्वकर्मा अहिले भरतपुर अस्पतालमा उपचारत छन् । बर्ष दिन अघि दुवै मृगौला फेल भएपछि उनी अहिले `डाईलोसिस ´गर्दै भरतपुर अस्पतालमा छन् तर उनलाई उपचार गर्न आर्थिक समस्या परेको छ ।
गरिव परिवारका विश्वकर्मालाई विदेशमा रहेका आफन्त,दाजुभाईले केहि सहयोग गरेपनि अहिले भने उनलाई पैसा अभावमा उपचार गर्न समस्या परेको उनकी श्रीमती सँझना विकले बताईन् ।
“केहि सहयोग जुट्यो र आजसम्म बचाउन सकिएको छ । अब त कुनै अवस्था नै छैन सहयोग गर्ने पनि कोहि छैनन् ।” आफ्नो श्रीमानलाई सहयोग गरि बचाईदिन पनि सँझानाले सबैसँग अपि अपिल गरेकी छिन् । बा.न.पा –३ का वडा सदस्य पवित्रा सुनारको सक्रियतामा विकको उपचारका लागि रु ३० हजार रुपैँया सहयोग हस्तान्तण गरिएको छ ।
उनको अवस्था देखेर आफूले बजारमा यो सहयोग उठाएको वडा सदस्य सुनारको भनाई छ । कठिन समयमा संझनाकाे परिवारलाई सहयोगका लागि समेत सुनारले अपिल गरिन् । सहयोगका लागि मोबाईल नम्बर ९८४७७७७०२२ मा सम्पर्क गर्न सकिने छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
