चाैध किलो सुन सहित एक जना पक्राउ - Elaka Khabar

चाैध किलो सुन सहित एक जना पक्राउ

चाैध किलो सुन सहित एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुन पक्रिएकाे छ । सुन सहित गोरखाका चन्द्र घलेलाइ पनि प्रहरीले  पक्राउ गरेकाे छ । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं त्रिभुवन विमानस्थल आएका घलेलाई भन्सार प्रहरीले पक्राउ गरेको हो ।

घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका थिए । उनीबाट बरामद भएको सुन शुक्रबार जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने   भन्सार विभागका महानिर्देशक शोभाकान्त  पौडेलले जानकारी दिए

पौडेलकाअनुसार सुन कसको हो  भन्ने अझै खुलेको छैन ।   घलेलेसुनको  गुणस्तर परीक्षण गरिएपछि थप खुल्ने महानिर्देशक पौडेलले जानकारी दिए । अन्य व्यक्तिकाे संलग्नता बारे पनि अनुसन्धान भइरहेकाे छ ।

ताजा समाचार