
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले ले पश्चिम ने भूकम्पपीडितको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । जाजरकोट र रुकुम पश्चिममा चिसोमा कठ्यांग्रिएर भूकम्प प्रभावितको ज्यान गइरहेको बेला एमाले केन्द्रीय कमिटी बैठकले तत्काल अस्थायी आवास र न्यानो कपडाको व्यवस्था गरी भूकम्प पीडितहरुको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको केन्द्रीय समिति बैठकले राहत वितरणलाई राजनीतिक प्रचारबाजीको विषय नबनाउन र सबै पीडितलाई पक्षपातरहित ढंगले राहतको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘राहत वितरणलाई राजनीतिक प्रचारबाजी नाफाघाटाको सौदाबाजीको विषय बनाइएको छ । यस्ता क्रियाकलापप्रति यो बैठक आपत्ति प्रकट गर्दछ । क्षतिका आधारमा सबै पीडित नागरिकलाई पक्षपातरहित ढंगले राहत वितरणमा सुनिश्चितताको माग गर्दछ,ु उनले भने, ुपीडितहरूको पुनर्स्थापनाका लागि ठोस कार्ययोजनासहित अविलम्ब काम थाल्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउँदछ । अस्थायी आवास तथा न्यानो कपडा उपलब्ध गराएर भूकम्पपीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गर्दछ ।’
त्यसैगरी एमालेले इजरायल–प्यालेस्टाइन दुवै पक्षलाई तत्काल युद्धविराम गरी बन्धन बनाइएकाहरूलाई अविलम्ब रिहा गर्न पनि अपिल गरेको छ । अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गरी शान्तिको पक्षमा उभिन र संयुक्त राष्ट्र संघको प्रस्तावअनुसार समस्याको शान्तिपूर्ण समाधानमा गर्न पनि दुवै युद्धरत पक्षलाई पार्टीले आह्वान गरेको पनि पार्टीका प्रचार विभाग प्रमुख गौतमले बताए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
