बागलुङमा पटका आतंक,सराेकार निकाय माैन - Elaka Khabar

बागलुङमा पटका आतंक,सराेकार निकाय माैन

बागलुङमा पटका आतंक,सराेकार निकाय माैन

देशभर तिहारको रौनक चलिरहेको छ। उज्यालोको पर्व मानिने तिहारमा जताततै झिलिमिलि बत्ती बलिरहेका छन । तर बागलुङमा भने बत्तीको अलावा ठूलो आवाजमा पट्किने पटकाको समेत नागरिक आजित  बनेका छन् ।

प्रहरीले पटका, आतासवाजी जस्ता विष्फाेटक   पदार्थको बिक्रीवितरण र प्रयोगमा नियन्त्रण गरेको दाबी गरेपनि ठूलो आवाजमा विष्फाेगट गराईने पटकाले बागलुङका नागरिक आतंकित बनेका छन् ।
बागलुङ बजारमा साँझपख मिनेट – मिनेटमा ठुलो आवाजमा पटका पट्काइने गरिएको छ । प्रहरीको विट रहेको वरपर नै पटका पट्काईने गरिएको एक स्थानीयले गुनासो गरेका छन । कहिलेकाही पटकाले आगलागी र ज्यान समेत जाने गरेको छ ।

कसले यसरी पटाका र विभिन्न बम नामका विस्फोटक सामान भित्रायाे ?

के भन्छ प्रहरी

बागलुङ बजारमा पटका आतंक नियन्त्रण गर्न नसकेको हो भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले भने ” पटका लगायत विष्फाेटक पदार्थको बिक्रीवितरण तर प्रयोग पुर्ण रुपमा निषेध गरिएको छ, तर लुकिछिपि बिक्री गरेको पाइएकाले ३ जनालाई पक्राउ समेत गरिएको छ ।” प्रमुख खड्काले भन्नुभयो यस्ता सामाजिक विकृतिको नियन्त्रणमा नागरिकको महत्त्वपूर्ण साथ र समर्थन चाहिन्छ तर हामीले यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्न सबै ठाउँमा प्रहरी परिचालन गरिरहेका छौं, कसैले देखे वा थाहा पाएमा हामीलाई खबर गर्न अनुरोध समेत गर्दछौं । “

चाडवाड लक्षित अनुगमन प्रभावकारी हुन सकेन !

बागलुङ बजारमा विभिन्न समयमा विभिन्न निकायहरूले अनुगमन गर्ने गरेपनि औपचारिकता पूरा गर्नका लागि मात्र हुने गरेको नागरिकले गुनासो गरेकाछन् । नाम नभन्ने सर्तमा एक व्यावसायीले भने “अनुगमन गर्नु राम्रो हो तर बागलुङमा अनुगमनको कुनै सिस्टम नै छैन म त यसलाई अनुगमनको नाममा नाटक हो भन्छु “

अनुगमनमा यस्ता प्रकारका गैरकानुनी वस्तुको बिक्रीवितरण समेत रोक्नुपर्ने हो तर यसपटक बागलुङमा यस्ता कुनै कदमहरु प्रभावकारी देखिएनन् । जुवातास पनि खुलामखुला खेलिरहे पनि प्रहरी प्रशासन नदेखिएको जस्तो गरिरहेको नागरिकको गुनासो छ ।

शान्तिपूर्ण रुपमा चाडपर्व मनाउन पाउनु सबैको अधिकार हो तर चाडपर्व मनाउने निहुँमा अरुलाई बाधा पुग्ने कार्यमा नागरिक समेत जिम्मेवार हुनु जरुरी हुन्छ ।

ताजा समाचार