भुकम्पको पछिल्लो अपडेट १ सय ५७ जनाको मृत्यु,,१सय ९७ जना घाईते - Elaka Khabar

भुकम्पको पछिल्लो अपडेट १ सय ५७ जनाको मृत्यु,,१सय ९७ जना घाईते

भुकम्पको पछिल्लो अपडेट  १ सय ५७ जनाको मृत्यु,,१सय ९७  जना घाईते

भु्कम्पबाट मृत्यू हुनेको सँख्या १ सय ५७ पुगेको छ । प्रहरीले ५ बजे सार्वजनिक गरेको विवरण अनुसार जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन(तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौं तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

ताजा समाचार