
उद्दार र राहातका लागि सरकार,प्रदेश सरकारहरु,विभिन्न कम्पनी र निजी क्षेत्रले कराेेडाैंकाे प्रतिबद्धता गर्न सुरु गरेका छन् ।
जाजरकोट र रुकुम पश्चिममा गरि दिउसो २ बजे सम्म १सय ३८ जनाको मृत्युु भएको प्रहरीले पुष्टि गरेकाे छ ।
विज्ञप्ति मार्फत प्रहरीले जनाए अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाकाे मृत्युु भएको छ । त्यस्तै १सय ६६ जना घाइते भएकाेे जनाएको छ ।याे विवरण दिउसो २ बजे सम्मको हाे ।
जाजरकोटमा ८१ जना र पश्चिम रुकुममा ८५ जना घाइते भएका हुन्। याे विवरण अझै थप हुने अनुमान छ ।
यसैबीच जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा पीडितका लागि सरकारले तत्काललाई १० करोड निकासा गर्ने भएको छ।
बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ । शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गर्दै घोषणा गरेको हो ।
बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
