
गएराति गएकाे भुकम्पमा पनि १०.३० बजे सम्म १ सय३३ जनाकाे मृत्यु र १सय४० घाईते भएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै बिहााना १०.३० बजे सम्म १ सय ३३ काे मृत्यु भएको पुष्टि गरेकाे हाे ।
जाजरकोटमा ९५ जना र रुकुम पश्चिममा ३८ जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ । त्यस्तै जाजरकोटमा ५५ जना र ,रुकुम पश्चिममा ८५ गरि जम्मा १सय ४० जना घाईते भएको उल्लेख गरेकाे छ ।
घाईते र मृतककाे संख्या अझै बढ्ने अनुमान लगाईएकाे छ । घाईतेकाे उद्दार , पुर्नस्थापनाकाे लागि स्वास्थ्यकर्मि सहित प्रधानमन्त्री प्रचण्ड जाजारकाेट पुग्नु भएकाे छ । सेनाकाे हेलिकप्टरबाट घाइतेको ऊद्दार गर्ने क्रम जारी छ । बाँकेकाे अस्पतालमा सेनाले अस्थाई ऊपचार क्याम्प खडा गरेकाे छ भने सरकारले रुकुम पश्चिमकाे विमानस्थललाई उद्दारका लागि जहाज पठाउने निर्णय गरेकाे छ ।
सेना,प्रहरी ,स्वास्थ्यकर्मीकाे टाेली प्रभावित ठाउँमा पुगेका छन् भने अझै थप हुने क्रम जारी रहेकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कठिन अवस्थामा सबैतिरबाट सहयाेगकाे वचन आएकाे छ ।गण्डकि,बागमति,कर्णाली प्रदेशले सहयाेगकाे घाेषणा गरेका छन् ।
नेपाली कांग्रेसले सरकारी राहात तथा उद्दार काेषमा रु ५० लाख जम्मा गर्ने घाेषणा गरेकाे छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
